Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बञ्चरेडाँडामा स्थानीयको अवरोध, महानगरले भन्यो-‘फोहर घरमै राख्नुस्’


    शुक्रबार, कार्तिक १४ २०८२
    745
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । काठमाडौँ महानगरपालिकाले फोहरमैला घरमै राख्न आग्रह गरेको छ ।

    काठमाडौँ उपत्यकाको फोहरमैला बिसर्जनस्थल बन्चरेडाँडा ल्याण्डफिल साइटमा फोहर बिसर्जनमा अवरोध भएकोले फोहर घरमै सुरक्षित तवरले राख्न आग्रह गरेको हो ।

    महानगले आज एक सूचना जारी गर्दै स्थानीयको अवरोधपछि फोहर बिसर्जन गर्न नसकिएकाले अर्को सूचना जारी नभएसम्म आफ्नो घरबाट निष्कासन हुने फोहरमैला घरर कम्पाउण्डमा सुरक्षित तवरले राख्न वातावरण व्यवस्थापन विभागले भनेको छ ।

    फोहोर जथाभाबी सडक तथा सार्वजनिक स्थलमा नफाल्न समेत अनुरोध गरेको छ । बञ्चरेडाँडाका स्थानीयहरूले विभिन्न माग राख्दै फोहोर बोकेको गाडी बीच बाटोमै रोकेका छन् ।

    जसको कारण उपत्यकामा फोहोरको समस्या फेरि बल्झिएको छ । मन्त्री र मेयर बालेन साहले आएर स्थानीयसँग वार्ता गर्नुपर्ने माग राखेका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार