काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले माओवादीमा एकता गर्न चाहने पार्टी नेताहरूलाई माओवादी अहिलेको अवस्थामा नरहने ख्याल गर्ने सुझाव दिएका छन् ।
पार्टीको बैठकमा अहिले चलिरहेको एकताको विषयमा उनले सैद्धान्तिक विमति राख्दै माओवादी अवसरका लागि भौँतारिँदा खिइँदै गएको र अब पनि यो रूपमा नरहने दाबी गरे ।
‘माओवादी आज जे छ त्यो रहन्न । यसको डिएनएको कारणले विभाजित हुन्छ’ उनले बैठकमा भने,’ म पनि राम्रो सम्पर्कमा छु ।’
उनले आफू वामआन्दोलनको एकताको पक्षमा रहेको तर नेता मात्र मिल्ने एकताको अर्थ नहुने धारणा राखे । ‘हामीले २०७५ साल जेठ ३ मा माओवादीसँग एकता गर्यौँ ।
वैशाख अन्तिम एकता नहुनेतर्फ थियो । तर जेठ १५ मा एकता गरियो । त्यो एकता भागबन्डामा आधारित थियो निरन्तर भएन’ उनले भने । उनले अहिले पनि त्यस्तै गर्न खोजिएको उल्लेख गर्दै एकताको प्रयोग असफल हुने शंका गरे ।
‘वाम आन्दोलन असफल हुँदै जानुमा लिडरसिपको असफलता हो’ महासचिव भुसालले भने,’माओवादी अवसरका लागि भौँतारिँदै छ । हिजो ३१ लाख भोट पाउने माओवादी ११ लाखमा पुग्यो अब कहाँ पुग्ने हो ख्याल गरौँ ।’
उनले अहिले माओवादीसँग एकता गर्नका लागि भन्दै तयार गरिएको जस्तो सिद्धान्तको कुरा गर्ने हो भने त एमालेसँगै एकता हुनसक्ने दाबी गरे । ‘एमाले जबज एउटा शब्द निकाल्ने हो भने त एमालेसँग पनि एकता हुनसक्छ ।’
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend