Nepal Face
  • मंगलबार, ३० भाद्र २०८३
  • मधेसका मुख्यमन्त्री सोनलले कात्तिक २२ गते विश्वासको मत लिने


    बिहिबार, कार्तिक १३ २०८२
    750
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनल यही कात्तिक २२ गते विश्वासको मत लिने भएका छन्।

    सत्ता गठबन्धनमा सहभागी दलको बुधबार जनकपुरमा बसेको बैठकले कात्तिक २२ गते मुख्यमन्त्री सोनलले प्रदेशसभाबाट विश्वासको मत लिने निर्णय गरेको हो।

    मुख्यमन्त्री नियुक्त भएको एक महिनाभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने कानुनी व्यवस्था छ।

    लोकतान्त्रिक समाजवादी पार्टीका नेता सोनल पाँच दलका ५६ सांसदको समर्थनमा गएको असोज २९ गते मुख्यमन्त्री नियुक्त भएका थिए।

    प्रदेश सभाका पाँच दलको समर्थनमा मुख्यमन्त्री नियुक्त भएका सोनललाई अहिले साना दुई दलले पनि समर्थन गरेका लोसपाका महासचिव परमेश्वर साहले जानकारी दिए।

    मुख्यमन्त्री नियुक्त हुँदा सोनललाई जसपा नेपाल, जनमत, माओवादी केन्द्र, एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीले समर्थन जनाएका थिए।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार