Nepal Face
  • आइतबार, १० साउन २०८३
  • माघ ११ गते राष्ट्रिय सभामा रिक्त सदस्यको निर्वाचन गर्ने सरकारको निर्णय


    बुधबार, कार्तिक १२ २०८२
    605
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सरकारले राष्ट्रिय सभा सदस्यको निर्वाचन गर्ने निर्णय गरेको छ ।

    माघ ११ गते आइतबार निर्वाचनको मिति तोक्ने निर्णय भएको एक मन्त्रीले जानकारी दिएका छन् । बुधबार दिउँसो बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो ।

    २०७६ सालको चुनावबाट निर्वाचित १९ सदस्यको कार्यकाल आगामी फागुनबाट सकिनेछ ।

    १९ जना मध्ये एक जना वामदेव गौतम राष्ट्रपतिबाट मनोनीत सांसद हुन् । बाँकी १८ पदका लागि निर्वाचन हुनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार