Nepal Face
  • आइतबार, १० साउन २०८३
  • मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने दुर्गा प्रसाईँको घोषणा


    बुधबार, कार्तिक १२ २०८२
    620
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलन गर्ने घोषणा गरेका छन्।

    बुधबार मानव अधिकार आयोगका अध्यक्ष तपबहादुर मगरसँग छलफल गरेपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले मंसिर ७ गतेदेखि देशभर आन्दोलन गर्ने बताएका हुन्।

    उनले आन्दोलनबारे मानव अधिकार आयोगलाई समेत जानकारी गराएको बताए। आन्दोलनका क्रममा कसैले बन्द उल्लंघन गरे, तोडफोड वा आगजनी भए त्यसको जिम्मेवारी अभियानले नलिने उनको भनाइ छ।

    उनले आन्दोलन शान्तिपूर्वक हुने दाबी गरेका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार