काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यवाहक सभापति डोलप्रसाद(डीपी) अर्यालले भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा भएका घटना क्षमायोग्य नभएको बकताएका छन् । उनले भदौ २३–२४ को घटनामा संलग्नलाई कानूनी कठघरामा उभ्याउनैपर्ने बताएका छन् ।
भ्रष्टाचारको विरोध र सुशासनको पक्षमा जेनजी पुस्ताले भदौ २३ गते गरेको शान्तिपूर्ण प्रदर्शनमा सहभागी स्कुले बालबालिकामाथि सरकारले गोली हानेर हत्या गरेको र २४ गते राष्ट्रका महत्त्वपूर्ण संरचनामा आगो लगाएर विध्वंस मच्चाएकाले दुवै दिनका घटना क्षम्य नभएको उनले बताए ।
सोमबार भैरहवामा आयोजित पत्रकार सम्मेलनमा उनले भने–‘भदौ २३ गते जसरी गोली प्रहार गरेर स्कुलका बालबालिकाको हत्या गरिएको छ । त्यसैगरी २४ गते व्यक्तिका निजी सम्पत्ति र देशका महत्त्वपूर्ण सरकारी र ब्यक्तिका निजी सम्पत्तिमाथि आगजनी र तोडफोड गरी विध्वंस मच्चाइएको छ, यी दुवै अपराधिक घटना हुन्, दुवै घटनामा संलग्नलाई सरकारले कानुनी कठघरामा उभ्याउनुपर्छ ।’
अन्तरिम सरकारले गठन गरेको छानबिन आयोगले घटनाको छानबिन गरिरहेको र उक्त आयोगले नपुगे अझै शक्तिशाली र उच्चस्तरीय आयोग गठन गरेर भए पनि दुवै दिनको घटनाको सत्यतथ्य छानबिन हुनुपर्ने अर्यालले बताएका छन् ।
उनले भदौ २३ गतेको जेनजीको आन्दोलनमा आफ्नो पार्टीले संस्थागत रुपमै समर्थन जनाए पनि २४ गतेको घटनामा पार्टीको कुनै पनि संलग्नता नभएको बताए ।
अर्यालले रास्वपाका कुनै पनि नेता तथा कार्यकर्ता निजी वा सरकारी भौतिक संरचनामा तोडफोड र आगजनीमा संलग्न रहेको पाइएमा पार्टीले कारबाही गर्ने बताए ।
नख्खु कारागारको घटनाको विषयमा आफूसहित रास्वपाका नेताहरू जोडिएको विषयमा बोल्दै अर्यालले पार्टी सभापतिको सुरक्षाका लागि लिएर जान कारागार प्रशासनले भनेपछि आफूहरू गएको दाबी गरे । उनले भने–‘कारागार प्रशासन र त्यतिबेलाको राज्यको माथिल्लो निकायबाट कारागारमा पार्टी सभापति असुरक्षित हुनसक्ने भन्दै लैजान हामीलाई भनिएकोले म आफैं पनि कारागार गएको हुँ, यदि त्यो मेरो गल्ती वा अपराध हो भने कारबाही भोग्न तयार छु ।’
काठमाडौं । गृहमन्त्री सुधन गुरुङ जेन्जी आन्दोलनलाई अपमान नगर्न चेतावनी दिएका छन्। जेन्जी शहीद स्मृति दिवसको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै जेन्जी आन्दोलनलाई अपमान...
काठमाडौँ । सुशासन, रोजगार र अवसरको खोजीसँगै युवा पुस्ताको संघर्षले भएको जेन जेड आन्दोलनको एक वर्ष पूरा भएको छ । स्वदेशमै रोजगारको सिर्जना गर्ने...
काठमाडौँ। नेपाली कांग्रेसको १५औं महाधिवेशनका लागि राष्ट्रिय सभा गृहको हल, लबी, पार्किङ स्थल र बगैंचा बुकिङ गरिएको छ। मंगलबार कांग्रेसका कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले...
काठमाडौं । सत्तारुढ दल रास्वपाका सभापति रवि लामिछानेले एक वर्षअघि भएको जेनजी आन्दोलनलाई नयाँ जागरण विस्फोटको रुपमा उल्लेख गरेका छन्। जेनजी शहीद दिवसको अवसरमा वक्तव्य...
काठमाडौँ। प्रमुख प्रतिपक्षी तथा नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले जेन–जी विद्रोहका क्रममा भएका घटनाबारे राष्ट्रिय मानव अधिकार आयोगले गरेको सिफारिस तत्काल कार्यान्वयन...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend