Nepal Face
  • आइतबार, १० साउन २०८३
  • जेनजी आन्दोलनको असर, हयात होटलका सबै कर्मचारीलाई अनिश्चितकालीन बिदा दिइयो


    शुक्रबार, कार्तिक ७ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । जेनजी आन्दोलनमा तोडफोड भएको काठमाडौंको हायात रिजेन्सी होटलले आफ्ना सबै कर्मचारीलाई अनिश्चितकालका लागि बिदामा बस्न निर्देशन दिएको छ । होटलका मानव संशाधन निर्देशक मोहम्मद युसुफ यामिनले सूचना जारी गर्दै सबै कर्मचारीलाई बिदामा बस्न निर्देशन दिएका हुन् ।

    सूचनामा हालैको जेनजी आन्दोलनका क्रममा होटलमा क्षति पुगेको र सम्पूर्ण रूपमा पुनः निर्माणको आवश्यकता परेकोले यस्तो निर्णय गर्नुपरेको उल्लेख छ ।

    सूचनामा अर्को सूचना जारी नहुँदासम्म कुनै पनि कर्मचारीलाई होटल परिसरमा उपस्थित नहुन निर्देशनसमेत दिइएको छ ।

    यसअघि पनि हायात होटलमा कर्मचारी व्यवस्थापन र हटाउने विषयलाई लिएर विवाद चर्किएको थियो ।

    २४ गतेको बिध्वंशमा हिल्टन होटलमा आगजनी गरेपछि खरानी भएको छ । हिल्टन होटल एक बर्षअघिमात्र संचालनमा आएको थियो । पूर्वप्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवाका छोरा जयवीरको लगानी छ भन्दै अपुष्ट समाचार दिलभूषण पाठकको युट्युबले प्रशारण गरेकै कारण हिल्टन होटलमा आगजनी भएको थियो ।

    भाटभटेनीका ११ वटा डिपार्टमेन्टलमा आगजनी गरी खरानी बनाइएको छ । चौधरी ग्रुपका बिनोद चौधरी र मेडिसिटी अस्पतालका लगानीकर्ता उपेन्द्र महतोको घरमा समेत आगजनी भएको छ । आन्दोलनकारीले चन्द्रागिरी केबलकारमा समेत तोडफोड र आगजनी गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार