काठमाडौं । ‘जेनजी’ आन्दोलनका क्रममा पूर्वराष्ट्रपति विद्या भण्डारीको घर जलाएको आरोपमा पक्राउ परेका सोनम थेबे नेकपा (एमाले) निकट राष्ट्रिय युवा संघ नेपालका कार्यकर्ता भएको खुलासा भएको छ ।
ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम स्थायी घर भई हाल काठमाडौं धुम्बारहीमा बस्ने थेबे आइतबार पक्राउ परेका हुन् ।
थेबे गुण्डा नाइके चक्रे मिलन समूहका हुन् । उनले धुम्बराही क्षेत्रका व्यवसायीहरुलाई धाकधम्की दिई रकम असुल गर्ने गर्दै आएका थिए । गुण्डागर्दीमा सलंग्न थेवे पटके गुण्डा समेत हुन् । व्यवसायीहरुका अनुसार मिटरब्याजमा लगाएका पैसा असुल्ने समूहको नेतृत्व गरिरहेका थेवेले होटल तथा रात्री व्यवसायी, जग्गा व्यवयायीसँग हप्ता असुल्ने गरेका छन् ।

गुण्डागर्दी, मिटरब्याज र दक्षिण कोरिया पठाइदिने भन्दै पैसा असुलेको आरोप लागेका थेवेलाई यसअघि पनि प्रहरीले खोजी गर्दा नेकपा (एमाले) का नेताहरुले पक्राउ नगर्न प्रहरीलाई पटक पटक फोन गरेका थिए ।
प्रहरीले यसअघि उनकै गाउँ ताप्लेजुङ सिरिजङ्घा गाउँपालिका–१ सिनाम घर भई हाल काठमाडौँ महानगरपालिका–१ नक्सालबस्ने ३८ वर्षीय साहारा सुब्बा (थेवे) लाई पक्राउ गरेको थियो ।
प्रहरीले वैदेशिक रोजगारका लागि दक्षिण कोरिया पठाइदिने भन्दै १ करोड ८ लाख ३० हजार ठगी गरेको अभियोगमा उनलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले ५ भदौ २०८२ मा पक्राउ गरेको थियो । प्रहरी स्रोतका अनुसार यो ठगीमा सनम थेवे पनि संग्लन थिए । तर ताप्लेजुङका एमालेका नेताहरुको दबाबमा यो थप अनसन्धान रोकिएको थियो ।
उनी एमाले र युवा संघका सक्रिय कार्यकर्ता हुन् । विभिन्न कार्यक्रमहरुमा युवाहरु भेला पारेर उनले लैजाने गरेका थिए ।
थेवे तिनै गुण्डा हुन्, जो प्रहरीले निकाल्ने गुण्डानाइकेको सूचीमा जहिल्यै पर्छन् । प्रहरीले यसअघि सुरक्षा चुनौती दिनसक्ने १ सय ३१ गुण्डाहरुको सूचीमा पनि उनी थिए । महानगरीय प्रहरी कार्यालयले यसअघि पटक–पटक महानगरीय अपराध महाशाखासहित काठमाडौ, ललितपुर र भक्तपुर परिसरलाई सूचीसहित परिपत्र गर्दा यी थेवेका नाम पनि थियो ।
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
काठमाडौं । प्रहरी प्रधान कार्यालयले ११ प्रहरी कर्मचारीलाई एक साताभित्र कार्यालयमा उपस्थित हुन निर्देशन दिएको छ । प्रहरी प्रधान कार्यालयको कानुन शाखाले मंगलबार सूचना जारी...
सुनसरी। सुनसरीको इटहरीस्थित एक होटलमा जुवातास खेलिरहेको अवस्थामा प्रहरीले आठ जनालाई पक्राउ गरेको छ। जुवाडेको साथबाट चार लाख ५६ हजार १८० रुपैयाँ नगद र...
मकवानपुर । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटेबाट चादी वस्तु अन्दाजी १५ किलोसहित भारतीयहरुलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेका छन् । विशेष सूचनाको आधारमा प्रहरी चौकी राटोमाटोबाट प्रहरी...
जनकपुरधाम । धनुषामा धारिलो हतियार प्रहार गरी श्रीमतीको हत्या गरेपछि श्रीमानले आत्माहत्या गरेका छन्। जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता एवं डिएसपी ओम प्रकास खनालका अनुसार...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend