Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • धनकुटामा ट्रक दुर्घटना, २ घाइते


    सोमबार, असोज २७ २०८२
    830
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • धनकुटा । मध्यराति धनकुटामा भएको ट्रक दुर्घटनामा परी २ जना गम्भीर घाइते भएका छन् ।

    धनकुटा नगरपालिका–९ पाँच गोलाई भन्ने स्थानमा धनकुटाबाट मूलघाटतर्फ आउँदै गरेको प्र. ३–०१–०० ३ क ६९०६ नम्बरको मिनीट्रक अचानक ब्रेकफेल भई सडकबाट अन्दाजी ३ सय मिटर तल खस्दा ट्रकका चालक उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका–५ बस्ने बर्ष २६ को नारायण खड्का र सहचालक सोही जिल्लाको रानीटार बस्ने बर्ष २० को दिनेश कार्की गम्भीर घाइते भएका हुन् ।

    राति करीव २ बजे भएको दुर्घटना पश्चात सशस्त्र प्रहरी बल नेपाल बिपद् व्यवस्थापन बेश मूलघाट र प्रहरी चौकी मूलघाटले उद्दार गरी उपचारको बिहान ४ः३० बजे एम्बुलेन्समा मार्फत् जिल्ला अस्पताल धनकुटा पठाएको छ ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार