काठमाडौं । ओरालो लाग्दै आएको सेयर बजारमा राष्ट्रबैंकको बुधबारको निर्णयले आज भने पोजिटिभ सर्किट ब्रेक लागेको छ । नेपाल राष्ट्र बैंकले सेयर कर्जामा २५ करोडको सीमा हटाएको भोलिपल्ट कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत बढेर सर्किट ब्रेक लागेको हो ।
सर्किट ब्रेक लागेसँगै २० मिनेटका लागि कारोबार स्थगित भएको छ । अघिल्लो दिन राष्ट्र बैंकले सेयर कर्जामा २५ करोडको सीमा हटाउँदै बैंक तथा वित्तीय संस्थालाई सेयर खरिदबिक्रीमा सहजीकरण गरेपछि बजारमा उच्च वृद्धि देखिएको हो।
११ः०३ बजेसम्म नेप्से परिसूचक १०२ अंक बढेर २६६२ अंकमा कायम भएको छ । यतिबेलासम्म २७ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।
२१३ कम्पनीको मूल्य बढ्दा ३ को घटेको छ भने ३ को स्थिर छ । लगानी तथा व्यापार ५ प्रतिशत बढेका छन । बैंकिङ र विकास बैंक ४ प्रतिशत बढेका छन । यीबाहेक सबै समूहका सूचक सकारात्मक देखिएका छन् ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend