Nepal Face
  • आइतबार, १० साउन २०८३
  • कर्जाको सीमा हटाएपछि सेयर बजारमा लाग्यो पोजिटिभ सर्किट ब्रेक


    बिहिबार, असोज २३ २०८२
    760
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । ओरालो लाग्दै आएको सेयर बजारमा राष्ट्रबैंकको बुधबारको निर्णयले आज भने पोजिटिभ सर्किट ब्रेक लागेको छ । नेपाल राष्ट्र बैंकले सेयर कर्जामा २५ करोडको सीमा हटाएको भोलिपल्ट कारोबार सुरु भएको ३ मिनेटमै बजार ४ प्रतिशत बढेर सर्किट ब्रेक लागेको हो ।

    सर्किट ब्रेक लागेसँगै २० मिनेटका लागि कारोबार स्थगित भएको छ । अघिल्लो दिन राष्ट्र बैंकले सेयर कर्जामा २५ करोडको सीमा हटाउँदै बैंक तथा वित्तीय संस्थालाई सेयर खरिदबिक्रीमा सहजीकरण गरेपछि बजारमा उच्च वृद्धि देखिएको हो।

    ११ः०३ बजेसम्म नेप्से परिसूचक १०२ अंक बढेर २६६२ अंकमा कायम भएको छ । यतिबेलासम्म २७ करोड ५६ लाख रुपैयाँको कारोबार भएको छ ।

    २१३ कम्पनीको मूल्य बढ्दा ३ को घटेको छ भने ३ को स्थिर छ । लगानी तथा व्यापार ५ प्रतिशत बढेका छन । बैंकिङ र विकास बैंक ४ प्रतिशत बढेका छन । यीबाहेक सबै समूहका सूचक सकारात्मक देखिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार