Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रहरीमाथि आक्रमणको आरोपमा गोडैताका वडाध्यक्ष पक्राउ, विरोधमा बजार ठप्प


    बुधबार, असोज २२ २०८२
    980
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • सर्लाही । सर्लाहीको गोडैता नगरपालिका–७ का वडाध्यक्ष विनेशकुमार दासलाई प्रहरी चौकीमा आक्रमण र प्रहरी कुटपिट गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ ।

    प्रहरीका अनुसार दुर्गा पूजाका लागि चन्दा संकलनको विषयमा स्थानीयबीच विवाद भएपछि असोज १७ गते प्रहरी चौकी गोडैतामा पंचायती छलफल भइरहेको समयमा दासको समूहले प्रहरीमाथि ढुंगामुढा गरेको थियो ।

    आक्रमणका क्रममा प्रहरी सई अवधेशप्रसाद यादवको दुई दाँत भाँचिएको र पाँच जना प्रहरी घाइते भएको प्रहरीले जनाएको छ । घटनामा संलग्न वडाध्यक्ष दासलाई प्रहरीले कुटपिट, अङ्गभङ्ग, ज्यान मार्ने उद्योग र आपराधिक उपद्रवको आरोपमा नियन्त्रणमा लिएर म्याद थपका लागि अदालतमा पेश गर्ने तयारी गरेको हो ।

    यसबीच, वडाध्यक्षको गिरफ्तारीबिरुद्ध गोडैता बजार पूर्णरूपमा बन्द गरिएको छ । मेयर देवेन्द्रकुमार यादवले भने पक्राउ राजनीतिक पूर्वाग्रहका कारण गरिएको दाबी गर्दै तत्काल रिहाइको माग गरेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार