Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • प्रधानमन्त्री र मुख्यसचिवको पहलमा आजदेखि भैरहवाबाट उद्धार उडान सुरु


    सोमबार, असोज २० २०८२
    810
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौँ । रुपन्देहीको भैरहवामा अलपत्र यात्रुको चार्टर्ड उडानमार्फत काठमाडौँ ल्याइने भएको छ ।

    प्रधानमन्त्री सुशीला कार्कीको विशेष पहल र मुख्यसचिव एकनारायण अर्यालको समन्वयमा नेपाल वायुसेवा निगम ९नेपाल एयरलाइन्स० को विमानमार्फत भैरहवा आसपासमा अलपत्र परेका यात्रुहरूलाई काठमाडौँ ल्याइने प्रधानमन्त्रीका प्रमुख स्वकीय सचिव आदर्श श्रेष्ठले जानकारी दिए ।

    दुई दिनसम्मको अविरल वर्षापछि भैरहवा आसपासमा अलपत्र परेका यात्रुलाई चार्टर्ड विमानमार्फत काठमाडौँ ल्याइने भएको हो ।

    वायुसेवा निगमले पनि प्रेस विज्ञप्ति जारी गरी सरकारको विशेष निर्देशनबमोजिम आज असोज २० गते उद्धार उडान गरिने जनाएको छ । ‘ए’ ३२० विमानमार्फत काठमाडौँ–भैरहवा–काठमाडौँ उडान हुने छ ।

    ‘आरए’ १७३१ उडानमार्फत दिउँसो १ बजे भैरहवा जाने र उताबाट ‘आरए’ १७३२ उडानमार्फत दिउँसो २स्४५ बजे काठमाडौँ फर्किने निगमले जनाएको छ । त्यसका लागि काठमाडौँबाट रु। पाँच हजार र भैरहवाबाट सात हजार तोकिएको छ ।

    उद्धार उडानमा अशक्त ज्येष्ठ नागरिक, बिरामी तथा अत्यावश्यक यात्रुलाई विशेष प्राथमिकता दिइने जनाइएको छ । अनलाइन प्रणाली र निगमको कार्यालय वा आधिकारिक एजेन्सीमार्फत टिकट लिन सकिने निगमले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार