कञ्चनपुर । जेनजी प्रदर्शनका क्रममा कञ्चनपुर कारागारबाट फरार रहेका कैदी तथा थुनुवालाई आज साँझसम्म फिर्ता समय सीमा निर्धारण गरिएको छ ।
फरार कैदी बन्दी खोजि तथा पक्राउ कार्यदलको आइबार बसेको बैठकले कारागारबाट फरार रहेका पुरुष, महिला कैदी तथा थुनुवालाई आज साँझ पाँच वजे सम्म कारागारमा फर्किनका लागि सयम सीमा दिइएको हो । यस अघिसमेत जिल्ला प्रशासन कार्यालय कञ्चनपुर र कारागार कार्यालयबाट फरार रहेका कैदी तथा थुनुवालाई सम्पर्कमा आउनका लागि सूचना प्रकासित गरिएको थियो ।
“सूचना प्रकासित भएपछि केही कैदी तथा थुनुवाहरु सम्पर्कमा आए” कारागार कार्यालय कञ्चनपुरका निमित्त कारागार प्रशासक रामदत्त जोशीले भन्नुभयो, “अझै केही कैदी तथा थुनुवा सम्पर्कमा आएका छैनन् ।” उहाँका अनुसार निर्धारित समय सीमाभित्र नफर्कने कैदी तथा थुनुवालाई कारागार ऐन २०७९ र अन्य प्रचलित कानुन अनुसार कारबाही हुने छ । फरार कैदी तथा थुनुवालाई लुकाउने, छिपाउने वा आश्रय दिने व्यक्तिलाई कसुरदार ठानी प्रचलित कानुन अनुसार कारबाही हुने उहाँले बताउनुभयो ।
फरार रहेका कैदी तथा थुनुवालाई कारागारमा बुझाइ दिनका लागि सम्बन्धित कैदीका परिवारजन, समुदाय, नागरिक संस्था तथा सरोकारवालासँग कारागार कार्यालयले अनुरोधसमेत गरेको छ । कारागारका निमित्त प्रशासक जोशीका अनुसार गत भदौ २४ गते चार सय ७८ जना कैदी तथा फरार भएका थिए । ती मध्ये अझै एक सय १६ जना कैदी तथा थुनुवा फरार रहेका छन् । फरार कैदी तथा थुनुवा केही आफैँ कारागारमा फर्किका हुन भने केहीलाई प्रहरीले पक्राउ गरी कारागारमा बुझाउने कार्य गरिरहेको छ । (रासस)
काठमाडौं । काठमाडौंको तीनकुनेस्थित गैरीगाउँबाट प्रहरीले ७०५ वटा ग्यास सिलिन्डर बरामद गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले दुई वटा ठुला ट्रकमा लोड...
काठमाडौं । देशको सम्पूर्ण ध्यान प्रलयकारी भोटेकोशीको बाढीतर्फ केन्द्रित छ । देशका सबै संयन्त्र बाढी प्रभावितहरुको उद्दार र राहतमा लागेका छन् । गृहमन्त्री सुधन...
काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले तीनवटै सुरक्षा निकायका प्रमुखहरूसँग उच्चस्तरीय छलफल सुरु गरेका छन् । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि सिर्जित...
काठमाडौं। धनकुटा साँगुरीगढी गाउँपालिका-७ फेदीबाट १ हजार २४० किलो ६ सय ग्राम लागुऔषध गाँजासहित ट्रक बरामद गरिएको छ । कोशी लोकमार्गमा बुधबार राति करिब ११...
काठमाडौँ । नेपाल प्रहरीले विपद्का बेला राहत सामग्री सुरक्षाकर्मीले आफैँले लिएको, वितरण नगरेको वा सामग्री सड्न दिएको भन्ने आशयका सामाजिक सञ्जालमा फैलाइएका सूचना भ्रामक...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend