बैतडी । जयपृथ्वी राजमार्गअन्तर्गत बैतडीको सुर्नया गाउँपालिका–७ भञ्ज्याङमा ‘इलेक्ट्रोनिक भ्यान’ दुर्घटना हुँदा १० जना घाइते भएका छन् । धनगढीबाट पुर्चौडीहाट जाँदै गरेको सु प प्र ०२ ००१ ज ६२० नंको भ्यान आज दिउँसो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक बलदेव बडूले जानकारी दिनुभयो ।
घाइते हुनेमा सबै बैतडीको पुर्चाैंडी नगरपालिकाभित्रका रहेका छन् । प्रहरी निरीक्षक बडूका अनुसार पुर्चौडी–५ का १५ वर्षीय भुवन साउद, २८ वर्षीया यशोदा भट्ट, पाँच वर्षीय कोविट पन्त, २८ वर्षीया पवित्रा पन्त, पुर्चौडी–४ का १९ वर्षीया कमला धानुक, २२ वर्षीय प्रकाश धानुक, पाँच वर्षीय नरेश बोहरा, २८ वर्षीया वसन्ती अवस्थी, १७ वर्षीय विक्रम साउद र २२ वर्षीया सावित्री धामी रहेका छन् ।
घाइतेलाई उपचारका लागि डडेल्धुरा अस्पताल लगिएको छ । १८ यात्रु सवार भ्यानका अन्य आठजनाबाहेक अन्यलाई बढी चोट लागेको छ । दुर्घटनाग्रस्त भ्यान सडकबाट करिब ५० मिटर तल खसेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । (रासस)
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
काठमाडौं । त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिएको छ...
काठमाडौं । पर्सामा ठूलो परिणामको गाँजा बरामद भएको छ । छिपरमाई गाउँपालिका-१ मिर्जापुरस्थित आँप बगैंचाबाट शनिबार राति १४० किलो गाँजा सशस्त्र र प्रहरीको संयुक्त...
धादिङ । जिल्ला प्रहरी कार्यालय धादिङले असार महिनामा उत्कृष्ट कार्यसम्पादन गर्ने प्रहरी कर्मचारीलाई सम्मान तथा पुरस्कृत गरेको छ । अपराध नियन्त्रण, लागूऔषध नियन्त्रण, राजमार्ग...
काठमाडौँ । प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले खुला सीमा, शरणार्थीको अवैध प्रवेश र कानूनी क्षेत्राधिकारको अभाव सीमावर्ती क्षेत्रको सुरक्षाका लागि मुख्य चुनौती बनेको बताएका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend