Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • बालेनलक्षित हर्क साम्पाङको टिप्पणीः एम्बुलेन्स र छात्रबृत्ति बिदेशी दलालको बेमौसमी गीतमात्रै हो


    बिहिबार, असोज ९ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह(बालेन)का बिरुद्ध एकपछि अर्को टिप्पणी गर्दैआएका छन् ।

    साम्पाङले दैनिक बालेन साह लक्षित टिप्पणी सामाजिक संजालमा लेख्दैआएका छन् । कालो चस्मा लगाएर जनतासँग सम्पर्क नगरी कसरी चुनाव जितिन्छ भन्दै उनले साहलाई ब्यंग्यबाण प्रहार गरेका थिए ।

    बिहीबार बिहान पनि साम्पाङले बालेनप्रति लक्षित गर्दै विदेशी दलालको स्टाटस बेमौसमी गीत मात्रै हो भन्ने उल्लेख गरेका छन् । देश खरानी बनाएर घरी एम्बुलेन्स र घरी छात्रबृत्ति दिएको प्रचार गरे पनि जनताले चिनिसकेको टिप्पणी लेखेका छन् ।

    साम्पाङले लेखेका छन्– विदेशी दलालको स्टाटर बेमौसमी गीत मात्रै हो ! देशको अवस्था खरानी बनाएर घरी एम्बुलेन्स रे, घरी छात्रवृत्ति रे, भो अब जति नै डाइभर्ट गर्न खोजे पनि नेपालीले चिनिसक्यो विदेशी दलाल भनेर !

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार