काठमाडौँ। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले बाराका नेता-कार्यकर्ताहरुसँग भेटवार्ता गरिरहेकी छन् ।
वीरगञ्ज उद्योग वाणिज्य संघको कार्यक्रममा भाग लिन भण्डारी मधेश झरेकी हुन् । हिजै संघको कार्यक्रम सकिए पनि भण्डारी भोलिसम्म बारामै बस्ने भएकी हुन् ।
‘आज कलैयामा केही कार्यक्रमहरू तय भएको छ । भोलिसम्म यतै रहन्छौँ’, भण्डारीसँगै रहेका नेता प्रकाश पौडेलले भने । उनका अनुसार सामाजिक संघसंस्थाका कार्यक्रम सँगै भेटवार्ता चलिरहेको छ ।
पूर्वराष्ट्रपति भण्डारी आज बिहान गढीमाई मन्दिर पुगेकी थिइन् । उनलाई महागढीमाई नगरपालिकाका मेयर उपेन्द्र यादव सहितका स्थानीयले स्वागत गरेका थिए ।
गढीमाइबाट फर्किएपछि मदन भण्डारी फाउण्डेसन बीरगञ्जको कार्यक्रममा सहभागी भइन् । फाउण्डेसनले सरकारी सेवामा नाम निकाल्ने युवाहरूलाई सम्मान कार्यक्रम राखेको थियो । सम्मान कार्यक्रमपछि स्थानीय नेताहरूसँग भेटघाट चलिरहेको छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले लुम्बिनी प्रदेशस्थित पश्चिम नवलपरासी, कपिलवस्तु र रुपन्देहीको सीमा क्षेत्रको अनुगमन गर्नुभई सो क्षेत्रमा हुनसक्ने अवैध क्रियाकलापको निगरानी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend