धादिङ । ब्यक्तिको जग्गामा सडक कालोपत्रे गरिदिएपछि एक जना महिला अन्यायमा परेकी छिन् ।
राजेन्द्र महतो नेतृत्वको राष्ट्रिय मुक्ति पार्टी निकट नेवाः राष्ट्रिय परिषदले सडक बनाएर हडपेको धादिङ–धार्केको ती महिलाको जग्गा फिर्ता पाउनु पर्ने भन्दै काँडेतार लगाइदिएको छ।
‘साबिक केबलपुर धुनीबेसी नगरपालिका– ५, ९ ग कित्ता नं १२० मा नेपाल सरकार सडक विभागको लापरवाहीको कारण बिमला महर्जनको निजी जग्गामा बिनाजानकारी तथा मापदण्डविपरीत ३ रोपनी १५ आना र २ पैसा जग्गामा गैरकानुनी रुपमा पिच गरे पछि बिरोध स्वरूप काँडेतार लगाएका हौं,’ परिषदका संयोजक सुमन सायमीले भने ।
उनका अनुसार जग्गा धनी महर्जनको न्यायका लागि परिषद संयोजक सायमी सहित हलिं नेवाः गुठीका संस्थापक शान्त प्रकाश श्रेष्ठ, बिनोद महर्जन, राष्ट्रिय मुक्ति पार्टी नेपालका उपाध्यक्ष कौशल कुमार सिंह, प्रवक्ता रबिन्द्र कुमार श्रेष्ठ, बिकास बाबू श्रेष्ठ, बिकास घिमिरे, बेबि राजभण्डारी लगायतका नेताहरु धादिङ पुगेका थिए ।
मुक्ति पार्टीका नेताहरूको उपस्थितिमा अन्यायमा परेकी महर्जनको जग्गा मापदण्ड अनुसार बाटोमा दिनुपर्ने जग्गा बाहेक बाँकी जमिन फिर्ता दिलाउन सडक मै तारबार लगाइएको उनले जानकारी दिए ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् । आज मंगलवार बसेको...
काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। पार्टीको १५ औं महाधिवेशनलाई मर्यादित,व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend