Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बिलबिजक नभएको ४६ लाख ५० हजार रुपैयाँ संचार सामग्री बरामद


    बुधबार, भाद्र ११ २०८२
    710
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • जलेश्वर । महोत्तरी जिल्लाको बर्दीवास नगरपालिका–९ रातु खोलास्थित बगर इलाकाबाट सशस्त्र प्रहरीले भदौ ९ गते ४६ लाख ५० हजार रुपैयाँ बराबरको संचार सामाग्री बरामद गरेको छ ।
    मधेश प्रदेश ०२–००१ स ५२४८ नम्बरकोे ई–रिक्सामा लोड गरी राखेको आवश्यक कागजात तथा बिलबिजकसमेत नभएको संचार उपकरण इरिक्सन कम्पनीको 8863 B40 मोडलको आठ वटा रेडियो सेट सशस्त्र प्रहरीले बरामद गरेको हो ।
    बिशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेश भंगाहा र सुरक्षा बेश पशुपतिनगरबाट खटिएको सुरक्षाफौजले उल्लेखित मूल्य बराबरको संचार सामग्री बरामद गरेको हो । दूरसंचारको टावरमा प्रयोग हुने यी उपकरण कसले कुन प्रयोजनको लागि ल्याइएको हो खुलेको छैन ।
    बरामद सामान तथा रिक्सा आवश्यक कारबाहीका लागि भन्सार कार्यालय जलेश्वरमा बुझाइएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार