काठमाडौं । सहरी विकास मन्त्रालयका प्रवक्ता नारायणप्रसाद मैनाली मन्त्रालयमा प्रवक्ताको भूमिकामा भन्दा सरुवा बढुवाका बिचौलियाको भूमिकामा बढी सक्रिय भएको गुनासा मन्त्रालयका कर्मचारीहरुले गर्न थालेका छन् ।
मन्त्रालयले केही दिनमै ठूलो संख्यामा आयोजना प्रमुख तथा डिभिजन इञ्जिनियरहरुको सरुवा गर्दैछ । यसमा मैनालीले अस्वभाविक चासो देखाएका छन् । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहको स्वकीय सचिवालयमा कार्यरत दुई व्यक्तिसँग मिलेर मैनालीले सरुवाको सूची बनाउन गृहकार्य सुरु गरेका छन् ।
मन्त्रालयले सरुवाको सूची बनाउन गृहकार्य गर्नु स्वाभाविक हो । तर मैनालीको भूमिका यतिमा मात्र छैन, उनले सरुवा गर्न चाहेका तथा सरुवा थमौती गर्न चाहेका आयोजना प्रमुख तथा डिईहरुलाई बोलाएर गोप्यरुपमा डिल गर्ने गरेका छन् ।
मन्त्रालयका एक कर्मचारी भन्छन्– ‘अहिले उहाँको काम डिई तथा आयोजना प्रमुखहरुसँग गोप्य डिल गर्ने र त्यसको सूचना मन्त्रीको स्वकीय सचिवालयमा कार्यरत दुई व्यक्तिलाई उपलब्ध गराउनु हो । केही व्यक्तिसँग उनले अग्रिम आर्थिक लाभ लिने गरेको आरोप उनीमाथि लागेको छ ।
सिता गुरुङ सहरी विकास मन्त्री हुँदा मैनाली गुरुङको सचिवालयमा बसेका थिए । त्यतिबेला उनले मोरङ आयोजना कार्यालयका कर्मचारीहरुबाट पैसा उठाएका थिए । त्यतिबेला यो सूचना मन्त्री गुरुङसम्म पुगेका थियो । पछि गुरुङ मन्त्रीबाट हटिन् । यो विषय सामसुम भयो । त्यतिबेला मैनाली उपसचिव थिए । सहसचिवमा बढुवा भएपछि उनको पहिलो आँखा सहरी विकास मन्त्रालयमै रह्यो ।
नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालालाई भन्न लगाएर उनी सहरीमा आउन सफल भए । सहरीमा आउनका लागि मन्त्रालयमा कार्यरत सहसचिव बिनु बज्राचार्यलाई प्रदेशमा सरुवा गर्न चाँजोपाँजो मिलाए । ‘त्यहाँँबाटै बेथिति सुरु भयो । अहिले सहरी विकास मन्त्रालयमा बेथिति चरम अवस्थामा छ’ एक कर्मचारी भन्छन् । मन्त्रालयमा बेथिति यति बढेको छ कि, अहिले मन्त्रालयका दर्जनभन्दा बढी उपसचिव बरण्डामा थन्किएका छन । मैनालीलाई खुशी नगराउँदासम्म ती उपसचिवहरुले काम पाउने स्थिति छैन ।
मन्त्रालयमा कार्यरत कर्मचारीहरुका लागि बैदेशिक भ्रमणको अवसर आयो भने मैनालीले आफूनिकट कर्मचारीलाई मात्र त्यस्तो अवसर दिलाउने गर्छन् । यसबाट कसैले पटक–पटक अवसर पाउने गरेका छन् भने कसैले एक पटक पनि अवसर पाउने गरेका छैनन् । उनले आफूलाई लाभ दिने कर्मचारीलाई दोहो¥याई तेहे¥याई बिदेश भ्रमणको अवसर दिलाउने काम गरेका छन् । स्रोत भन्छ– मन्त्रालयमा कार्यरत केही महिला कर्मचारीहरुले केही निकट साथीहरुसँग आफूमाथि मैनालीबाट ‘ह्यारेस्मेण्ट’ भएको गुनासो गरेका छन् तर यो विषय सचिव र मन्त्रालयका अन्य माथिल्लो कर्मचारीसँग भन्ने साहस गर्न सकेका छैनन् । किनभने मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देल आजभोलि निकै निरीह भएका छन् ।
मन्त्रालयका अर्का एक कर्मचारीले भने–‘सहरी विकास मन्त्री र सचिव सिग्देल कमजोर भएको फाइदा उहाँ (मैनाली)ले अत्यधिक उठाइरहनुभएको छ ।’ स्रोत भन्छ, मैनालीले करारमा कार्यरत कर्मचारीहरुको म्याद गर्नुपर्दा समेत आर्थिक लाभ लिने गरेका छन् । आफूलाई मन नपरेका स्थायी कर्मचारीहरुलाई तत्कालै सरुवा गर्न अन्य मन्त्रालयसँग सेटिङ मिलाउने गरेको आरोप समेत उनीमाथि लागेको छ ।
काठमाडौँ । गृहमन्त्री सुधन गुरुङले सीमा क्षेत्रको अनुगमनलाई थप प्रभावकारी बनाउन अब गृहमन्त्री स्वयं स्थलगत निरीक्षणमा जाने अभ्यासभन्दा विशेष टोलीमार्फत निगरानी गर्ने व्यवस्था अघि...
काठमाडौँ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का सहसंयोजक माधवकुमार नेपालले वामपन्थी दलहरू पनि मुलुकको राजनीतिमा देखिएका कमजोरी र विकृतिबाट अलग नरहेको बताएका...
काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल प्रचण्डले नेपालमा दलाइ लामा जन्माउने प्रयास भइरहेको बताएका छन्। शुक्रबार पुष्पलाल मित्रता केन्द्रको कार्यक्रममा बोल्दै प्रचण्डले नेपालको राष्ट्रिय...
काठमाडौँ । संघीय सांसदलाई स्वकीय सचिव नियुक्त गर्ने सुविधा दिने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दुईवटा रिट निवेदन दर्ता भएका छन्। अधिवक्ता डा. प्रेमराज सिलवाल र...
काठमाडौँ। चलिरहेको मोटरसाइकलमा उभिएर यात्रा गरेको भिडियो सार्वजनिक भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा० का सांसद बब्लु गुप्तामाथि ट्राफिक प्रहरीले कारबाही गरेको छ। ट्राफिक प्रहरी कार्यालय,...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend