काठमाडौैं । नेपाल पर्वतारोहण संघ (एनएमए)को अध्यक्षमा फुर गेल्जे शेर्पा निर्वाचित भएका छन् । माओवादीले समर्थन गरेको शेर्पाको समूहले बरिष्ठ उपाध्यक्ष र एक सदस्य बाहेका सबै पदमा जितेको छ । संघको शनिबार सम्पन्न निर्वाचनमा सत्तारुढ दल एमाले–कांग्रेससहित नेकपा एकीकृत समाजवादीले समर्थन गरेका कुलबहादुर गुरुङलाई पराजीत गर्दै शेर्पा बिजयी भएका छन् ।
शेर्पाको समूहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)निकट पर्यटन व्यवसायीहरूले साथ दिएका थिए । शेर्पाले ३४२ मत ल्याएका छन् भने गुरुङले २८८ मत ल्याएका छन् ।
त्यस्तै, वरिष्ठ उपाध्यक्षदेखि महासचिव पनि शेर्पा समूहबाटै निर्वाचित भएका छन् । कोषाध्यक्षमा पनि बराबरी मत आएको छ । उनीहरूले कार्यकाल आधाआधा गर्ने सहमति भएको छ । वरिष्ठ उपाध्यक्षमा शेर्पा समूहमा ईश्वर पौडेलले ३४५ मत ल्याएका छन् भने उनका प्रतिस्पधाईले २५८ मत ल्याएका छन् ।
प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबो शेर्पाले ३५९ ल्याएका छन् । उनका प्रतिस्पर्धी काजी शेर्पाले २५६ द्वितीय उपाध्यक्षमा बोधराज भण्डारीले ३६८ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धा धनबहादुर गुरुङले २३८ ल्याएका छन् ।
त्यसैगरी, महासचिवमा राजेन्द्रबहादुर लामा निर्वाचित भएका छन् । उनले ३१८ मत ल्याएका छन् भने उनका प्रतिस्पर्धी विमल नहर्कीले २०९ र अर्का प्रतिस्पर्धी शिव सापकोटाले ६८ मत ल्याएका छन् ।
सचिवमा चन्दन थापाले ३५८ र उनका प्रतिस्पर्धी ङिमा दिकी शेर्पाले २४४ मत ल्याएकी छिन् । कोषाध्यक्षमा भने ङिमा नुर्बु शेर्पा र सुमी लामाले बराबारी ३०४ मत ल्याएका हुन् ।
सदस्यमा माधवकुमार धमलाले २७८, केदार न्यौपानेले ३०२, थुप्देन शेर्पाले ३२६, गोकुल थापाले २८८, मुलाल गुरुङले ३५१, देण्डी शेर्पाले ३११, विक्रम कार्कीले ३०६, रिञ्जे शेर्पाले ३०१, देवेन्द्र डंगोलले २९५, दिकी शेर्पाले २८८ र निशा भोटेले ३०७ ल्याएर निर्वाचित भएका छन् ।
काठमाडौँ। सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका ६ वटा मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको बैठकका...
काठमाडौं। प्रतिनिधिसभा अन्तर्गतको अर्थ समिति बैठकले नेपाल राष्ट्र बैंक,२०५८ लाई संशोधन गर्न बनेको विधेयकको प्रतिवेदन पारित गरेको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले उक्त...
काठमाडौँ । सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी बैठकमा सरकारका नियमित काम कारबाहीबारे निर्णय हुने बताइएको छ । ...
काठमाडौँ । सत्तारुढ दल रास्वपा सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकले उच्चस्तरीय राजनीतिक संयन्त्रलाई निरन्तरता दिने निर्णय गरेको छ । बुधबार रास्वपा संसदीय दलको कार्यालय...
काठमाडौं । नेपाली कम्युनिष्ट पार्टी (नेकपा)की नेतृ रञ्जिता श्रेष्ठले पति रेशम चौधरीविरुद्ध कानुनी बाटो रोजेको बताएकी छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend