Nepal Face
  • शुक्रबार, ८ साउन २०८३
  • रौतहटमा सुटकेशभित्रबाट महिलाको शब बरामद


    आइतबार, भाद्र ८ २०८२
    860
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • रौतहट । रौतहट जिल्लाको गौर नगरपालिका वडा नम्बर ९ गौर सिर्सिया सडक खण्ड अन्तर्गत मुडवालबा मोड नजिक सुट केश भित्र बाट एक महिलाको शब बरामद भएको छ ।

    हत्या गरि सुटकेश भित्र बन्द गरी शनिवार राती करिब ८ बजेको समयमा सडकको पश्चिम किनारमा फालिएको सुटकेश भित्रबाट शब फेला परेको हो ।

    डोरीले बेरिएको सुटकेश लबारिश अवस्थामा देखेपछि स्थानीयले प्रहरीलाइ खबर गरेका थिए। सुचना पछि जिल्ला प्रहरी कार्यालय रौतहटबाट गएका टोलीले सुट केश भित्र शब रहेको थाहा पाएपछी घटनास्थल रात भरि घेरा हालेर सुरक्षा प्रदान गरेकोमा आइतवार बिहान सुट केश खोल्दा बिबाहित महिलाको शब भेटिएको प्रहरीले जनाएको छ ।

    रौतहट जिल्लामा यस्तो अवस्थामा शब भेटिएको यो पहिलो घटना रहेकोले स्थानीयहरू चकित देखिएका छन्।

    गुलाबी रंगको कुर्ता सुरुवाल लगाएकी महिलाको उमेर करिब ३५ वर्षको रहेको अनुमान गरिएको छ। सुटकेश भित्र राखिएको महिलाको टाउकोमा गहिरो चोट देखिएको घटना स्थलमा पुगेका प्रहरी अधिकारीले जनाएको छ।

    केही कागजात पनि भेटिएको छ भने महिलाको सुरुवालको खल्ती बाट केहि नगद रुपैया पनि भेटिएको प्रहरीले जनाएको छ।

    बेवारिश अवस्थामा भेटिएको महिलाको शब पोस्ट मार्टमको लागि प्रादेशिक अस्पताल गौरमा राखिएको र घटनाको सम्बन्धमा थप अनुसन्धान भै रहेको नायव प्रहरी उपरिक्षक राजु कार्कीले जनाएका छन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार