काठमाडौं । भारतसँग सीमा नाका जोडिएका मधेश प्रदेशका जिल्लामा भन्सारछलीका सामान ल्याउने र लैजाने क्रम रोकिन सकेको छैन । भन्सारछली र सीमा सुरक्षाका लागि सरकारले सशस्त्र प्रहरी बल र नेपाल प्रहरीका पोष्टहरु राखेको छ । तर तस्करी रोकिन सकेको छैन ।
सशस्त्र प्रहरीका उच्च अधिकारीसँगै कनेक्सन मिलाएर सीमाबाट तस्करी गर्दैआएका रौतहट चन्द्रनिगाहपुरका ब्यापारी सुनिल जैसवालले गएको गरुडा नगरपालिकाको शिवनगरमा ६ सय ९ बोरा भन्सारछली गरी भित्र्याएको ल्याएर गोदाममा राखेको भिडियोसहितको सूचना सशस्त्र प्रहरी बलको मुख्यालयमा पुग्यो । स्रोतका अनुसार सशस्त्रको मधेश प्रदेश (छिन्नमस्ता बाहिनी)का बाहिनीपति, रौतहटका एसपीदेखि गौर गुल्मसम्म सेटिङ गरी जैसवालले तस्करीको चिनीदेखि बिभिन्न सामानको तस्करी गर्दैआएका छन् ।
गोदाममा तस्करीको चिनी राखेको सूचना सशस्त्र मुख्यालयमा पुगेपछि मधेश प्रदेश बाहिनीबाट डीएसपी अमर लामाको कमाण्डमा १३ जनाको टोली पुगेर ६ सय ९ बोरा चिनी बरामद गर्यो । लामाको टोलीले १ सय ६ बोरा मात्र बरामद भएको मुचुल्का उठाएर गौर भन्सार कार्यालयमा बुझाएको थियो । बरामद गरिसकेपछि बाँकी ५ सय ३ बोरा चिनी जैसवालले भनेको ठाउँमा लग्ने र लुकाउने ब्यवस्था गरेको आरोप छ । ६ सय ९ बोरामध्ये बरामद भएको चिनी सशस्त्र प्रहरीका पूर्व हवल्दार आत्माराम पटेलको भएको स्रोतको दाबी छ ।
जैसवालले नै पटेलको १ सय ६ बोरासहित आफ्नो ५ सय ३ बोरा चिनी भन्सारछली गरी ल्याएर गोदाम गरेका थिए । आफ्नो जति चिनी सशस्त्र प्रहरीका एक एआईजीमार्फत् डीएसपी अमर लामा र सहायक हवल्दार रोशन मिश्रलाई भनेर अन्यत्र लान सफल भएको स्रोत बताउँछ ।
जैसवाल चन्द्रनिगाहपुरमा ठूलै कारोबारी मानिन्छन् । जैसवालले आफूहरुलाई बेवास्ता गरी एआईजीसँगै सेटिङ गरी चिनी ल्याउन थालेको कुराले रुष्ट भएका सशस्त्र प्रहरीको सर्लाहीका घुमुवा रोशन मिश्र र राजीव यादवले नै सूचना मुख्यालयसम्म लिक गरी चिनी बरामद गराएको स्रोतको दाबी छ । तर बरामद भइसकेको चिनीमध्येबाट ५ सय ३ बोरा लुकाउनका लागि भने मिश्रले समेत सहयोग गरेको आरोप छ । सीमा सुरक्षा बिभागका एआईजीका विश्वासिला मिश्रलाई समेत फोन गएपछि उनले चिनी लुकाउन सहयोग गरेको स्रोतको दाबी छ ।
स्रोतका अनुसार गएको साउन २० गते मधेश प्रदेशमा गएका एक एआईजीसँग ४० नम्बर गण पिलुवा जाने क्रममा ब्यापारी सुनिल जैसवालको चन्द्रनिगाहपुरमा भेट भएको थियो । जुन भेटपछि जैसवाल हौसिएर भन्सारछलीका सामान भित्र्याउन थालेका थिए । एआईजीको पहुँच देखाएर सामान धमाधम ल्याउने गरेपछि घुमुवाहरुले सूचना लिक गर्दा चिनी बरामद भएको थियो । एआईजीले नै जैसवालको तस्करीलाई संरक्षण गरेको थाहा पाएपछि आईजीपी राजु अर्यालले उनलाई जति गर्दा पनि नसुध्रिएको भन्दै हपारेको स्रोतले बताएको छ ।
बरामद भएको तस्करीको चिनी लुकाएको बिषयमा सशस्त्र प्रहरी बलले गम्भीर छानबिन थालेको छ । चिनी बरामदमा खटिएको टोलीका डीएसपी अमर लामा, एक सशस्त्र प्रहरी निरीक्षक सहित १३ जनामाथि छानबिन भइरहेको छ । डीएसपी लामा यसअघि गौर गुल्ममा हुँदा पनि तस्करीमा मिलेमतो गरेकोमा विवादमा परेका थिए । लामा सीमा सुरक्षा बिभागका एआईजी गणेश ठाडामगरका विश्वासपात्र हुन् ।
तस्करीको सामान आरोपमा उनीहरूलाई छानबिनमा तानिएका हुन् । तस्करी गरेर नेपाल भित्र्याएको सामान बरामद गरी सबै सामान भन्सार नबुझाएको आरोपमा सशस्त्र प्रहरी बल रौतहट गणका डिएसपी सहितका प्रहरी छानबिनमा तानिएको स्रोतले जनाएको छ । उनीहरूमाथि बाहिनीले छानबिन शुरू गरेको छ । साथै, बाहिनीले सशस्त्र प्रहरी मुख्यालयमा थप कारवाहीका लागि पठाएको छ ।
तस्करीको ठूलो संजाल चलाएका जैसवालको सशस्त्रका एआईजीसँगै सेटिङ भएकाले उनका सामान बरामद गर्न हत्तपत्त कसैले पनि आँट गर्दैनन् । तर सशस्त्र प्रहरीका आईजीपी राजु अर्यालकै ह्वाट्सएपमा तस्करीको चिनी गोदाममा राखेको भिडियो पुगेपछि टोली खटाउने काम बाहिनीबाट भएको थियो । बरामद गरिसकेको चिनीमध्ये ५ सय ३ बोरा लुकाएपछि सशस्त्र प्रहरीकै छविमा कालोधब्बा लाउने काम भएकाले आईजीपी अर्यालले यसलाई गम्भीर रुपमा लिएका छन् । बरामद भइसकेको चिनी भन्सार नबुझाएर लुकाउन सहयोग गर्ने सशस्त्र प्रहरीका डीएसपी लामालाई आईजीपी अर्यालले निलम्बन नै गर्ने हुन् कि सचेत मात्र गराउने हुन्, त्यो भने छानबिनपछि स्पष्ट हुनेछ ।
डीएसपी लामाः जागिरमा प्रवेश गरेदेखि नै मधेश प्रदेशमै रजगज
शैलेन्द्र खनाल तत्कालीन मध्यमान्चल क्षेत्रको डीआईजी हुँदा अमर लामा घुमुवा कमाण्डर थिए । त्यतिबेला उनी सशस्त्र प्रहरी निरीक्षक थिए । लामाको घर नै सर्लाही नै हो । डीआईजीको घुमुवा भएकाले ८ वटै जिल्लाका सबै नाका र तस्करीको संजालबारे सबै जानकारी उनलाई थियो । स्मरण रहोस्, सप्रनि हुँदा पनि उनी रौतहटको गौर गुल्ममा कार्यरत थिए । पछि डीएसपी भएपछि गौर गुल्मकै डीएसपी भए ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदीलय बैठक बोलाएका छन्। पार्टी प्रवक्ता जगदीश खरेलका अनुसार शीर्ष नेतृत्वबीचको सर्वदलीय बैठक बुधबार बस्न लागेको हो। बैठक...
काठमाडौं । नेपाली काँग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुअघि सर्वदलीय बैठक राख्न सुझाव दिएका छन् । मंगलवार...
काठमाडौँ । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले पार्टीभित्रको आन्तरिक विवाद अन्त्य गरी एकताबद्ध भएर अघि बढ्न अपिल गरेका छन् । देउवाले मंगलबार ७ बुँदे अपिल...
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ताहिर अली भाटले आइतबार दिँदै आएको सार्वजनिक बिदा कटौती गर्न सरकारसँग माग गरेका छन् । आज मंगलवार बसेको...
काठमाडौं। नेपाली कांग्रेसले निर्वाचन निर्देशिका २०८३ जारी गरेको छ। पार्टीको १५ औं महाधिवेशनलाई मर्यादित,व्यवस्थित र पारदर्शी बनाउने उद्देश्यले केन्द्रीय निर्वाचन समितिले नयाँ निर्देशिका जारी...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend