काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका क्रममा भारतीय बिदेश सचिव बिक्रम मिस्रीको उपरखुट्टी आसनप्रति बिभिन्न टिकाटिप्पणी भइरहेका छन् ।
यसैक्रममा नेकपा (एमाले)का पोलिट्ब्यूरो सदस्य महेश बस्नेतले सचिव मिस्रीले प्रधानमन्त्रीसँग भेटका क्रममा अपनाएको आसनप्रति आपत्ति जनाएका छन् ।
सामाजिक सञ्जालमा भाइरल बनेको तस्बीरमा मिस्रीले खुट्टा चडाएर बसेको देखिएपछि बस्नेतले यसलाई नेपाल–भारत सम्बन्ध र कूटनीतिक मर्यादासँग मेल नखाने व्यवहार भनेका हुन् ।
उनले भने–‘हाम्रो संस्कृति र कूटनीतिक शिष्टाचारमा प्रधानमन्त्री वा राष्ट्रप्रमुखसँग भेट्दा संयमित आसन, सम्मानयुक्त भंगिमा र मर्यादित व्यवहार अपेक्षित हुन्छ । व्यक्तिगत सहजता जस्तो देखिए पनि यस्तो दृश्यले राष्ट्र र पदको गरिमा कमजोर बनाउँछ ।’
बस्नेतले कूटनीतिक सम्बन्धमा आचरण र शिष्टताको भूमिका महत्वपूर्ण हुने भन्दै मित्रताको गहिराइ देखाउने मुख्य आधार नै आपसी सम्मान भएको स्मरण गराए । अहिले सामाजिक सञ्जालमा उक्त तस्वीर भाइरल भइरहेको छ । उत्कृष्ट हेडलाइनहरु बनाउनुहोस् ।
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाको भारत भ्रमण स्थगित भएको छ। नयाँ दिल्लीमा आयोजना हुने पार्टीको जनसम्पर्क समितिको अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी हुने...
काठमाडौं। नेपाली कम्युनिष्ट पार्टीका नेता नारायणकाजी श्रेष्ठले प्रदेशसभा विघटनमा जान नदिनका लागि एमालेसँग प्रदेशमा सहकार्य गरिएको दाबी गरेका छन्। एमाले र कांग्रेसको सरकार निरन्तर...
काठमाडौं । भारतमा ३६ दिनसम्म चलेको कक्रोच आन्दोलनमा एक जना पनि जेन्जी मरेनन् । कुनै पनि भौतिक सम्पत्तिमा आगजनी वा तोडफोड भएन । आन्दोलनकारीलाई...
कैलाली । सुदूरपश्चिम प्रदेश सरकारको नेतृत्व अब नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले गर्ने भएको छ । केन्द्रमा नेकपा र नेकपा (एमाले)बीच भएको सत्ता साझेदारीको सहमतिअनुसार...
काठमाडौ । नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टीबीच नयाँ सत्ता समीकरण बनेसँगै कोशी प्रदेशको मुख्यमन्त्रीमा एमाले संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बो बन्ने निश्चित भएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend