Nepal Face
  • शुक्रबार, २ असोज २०८३
  • प्रधानमन्त्री ओली चीन भ्रमणमा जाँदै, सी र मोदीसँग भेट्ने


    बिहिबार, साउन २९ २०८२
    985
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली आउँदो भदौमा पाँच दिने चीन भ्रमणमा जाने भएका छन्। चीनमा हुने दुई महत्त्वपूर्ण कार्यक्रममा सहभागी हुने गरी प्रधानमन्त्री ओली भ्रमणमा जान लागेका हुन्।

    जापानी उपनिवेशविरुद्ध विजय हासिल गरेको ८० औँ वार्षिकोत्सवका उपलक्ष्यमा बेइजिङमा हुने मिलिटरी परेड र सांघाई कोअपरेसन अर्गनाइजेसन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुने गरी प्रधानमन्त्री ओली चीन भ्रमणमा जान लागेका हुन्। उनको भ्रमण १४–१८ भदौमा हुने बताइएको छ।

    चीनमा उनले त्यहाँका राष्ट्रपति सी चिनफिङका साथै भारतीय समकक्षी नरेन्द्र मोदीसँग पनि भेट्नेछन्। संयुक्त भेटको पनि तयारी भइरहेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ।

    यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा ओली भदौ ३१ गते भारत भ्रमणमा जाने कार्यक्रम छ। यद्यपि, यी दुवै भ्रमणको औपचारिक घोषणा हुन बाँकी नै छ

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार