काठमाडौं । लक्ष्मी सनराइज क्यापिटल लिमिटेडको व्यवस्थापनमा सञ्चालित तीनवटा म्युचुअल फण्डले आर्थिक वर्ष २०८१–८२ का लागि नगद लाभांश घोषणा गरेका छन्। साउन १२ गते सम्पन्न सञ्चालक समितिको १५४ औं बैठकले यो निर्णय गरेको हो ।
घोषणाअनुसार, सनराइज ब्लुचिप फण्डले सबैभन्दा बढी १९ प्रतिशत नगद लाभांश दिनेछ । यसैगरी, शुभलक्ष्मी कोषले करसहित १६ प्रतिशत र लक्ष्मी भ्यालु फण्ड–२ ले १५ प्रतिशत नगद लाभांश वितरण गर्ने भएको छ ।
शुभ लक्ष्मी कोषको लाभांशका लागि साउन १२ गतेसम्म दर्ता कितावमा नाम भएका इकाईधनीहरू मात्र योग्य हुनेछन्। अन्य दुई योजनाका लागि दर्ता किताव बन्द (Book closure) मिति भनेपछि सार्वजनिक गरिने क्यापिटलले जनाएको छ ।
शुभ लक्ष्मी कोषमा लाभांश पुनः लगानी योजना रोजेका इकाईधनीहरूका लागि प्राप्त रकमबाट कर तथा डिपी शुल्क कटौती गरी बाँकी रकम बराबरको इकाई बजार मूल्यमा खरिद गरिनेछ र सोझै हितग्राही खातामा जम्मा गरिनेछ ।
तर लाभांश पुनः लगानी योजनामा सहभागी नभएका लगानीकर्ताहरूले भने नगद स्वरूपमा प्रतिफल प्राप्त गर्नेछन्, जुन सीधै उनीहरूको हितग्राही खातामा जोडिएको बैंक खातामा जम्मा हुनेछ ।
लक्ष्मी सनराईज क्यापिटलले व्यवस्थापन गरिरहेका यी योजनाहरूले नियमित प्रतिफल वितरण गर्दै आएका छन्, जसले म्युचुअल फण्डप्रति लगानीकर्ताको विश्वास बढाउन मद्दत पुर्याएको छ।
काठमाडौं । बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९ सय रुपैयाँ बढेको छ । अघिल्लो दिन...
काठमाडौँ। हिजो तोलामा ११ हजार ७ सय रुपैयाँ घटेको सुनको भाउ आज बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघ आज सुनको भाउ तोलामा ३ हजार...
काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा उच्च गिरावट आएको छ । सुनको भाउ प्रतितोला ११ हजार ७ सय रुपैयाँले गिरावट आएको हो । नेपाल...
काठमाडौं । दशैं सुरु भएसंगै सुनको भाउ ओरालो लागेको छ। विगत ४ दिनमा सुनको भाउ तोलामा ८ हजार १ सय रुपैयाँ घटेको हो । आइतबार...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले दशैंलगायतका चाडपर्वलाई लक्षित गर्दै बैंक तथा वित्तीय संस्थालाई एटीएमबाटै सय रुपैयाँका नयाँ नोट उपलब्ध गराउन निर्देशन जारी गरेको छ। राष्ट्र बैंकको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend