Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • घुस प्रकरणमा मुछिएका मन्त्री गुप्तालाई बालुवाटार बोलाइयो, पदबाट हटाउने तयारी


    सोमबार, असार ३० २०८२
    1.3K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई घुस प्रकरणमा मुछिएपछि प्रधानमन्त्री निवास बालुवाटारमा छलफलका लागि बोलाइएको छ । स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओली झापा भ्रमणबाट फर्किएलगत्तै गुप्तालाई भेटवार्ताका लागि बोलाइएको हो ।

    कर्मचारी सरुवा र भूमि आयोगको पदस्थापनमा ५३ लाख रुपैयाँ घुस लिएको अडियो सार्वजनिक भएपछि मन्त्री गुप्ता गम्भीर विवादमा तानिएका छन्। सो अडियो र अन्य प्रमाणसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेपछि छानबिन सुरु भएको हो।

    गुप्ताको छ महिनाअघि भएको भनिएको घुस लेनदेनसम्बन्धी अडियो र दस्तावेज हालै सार्वजनिक भएका छन् ।

    करीब १० मिनेट लामो उक्त अडियोमा, मन्त्री गुप्ता एक महिलासहित बिचौलियासँग मालपोत कार्यालय प्रमुखको थमौती र भूमि आयोग कास्की अध्यक्ष नियुक्तिका लागि आर्थिक लेनदेनको कुरा गर्दै गरेको स्पष्ट सुनिन्छ।

    घुस डिलमा एमाले गण्डकी प्रदेश सदस्य खेमबहादुर पुनको नामसमेत जोडिएको छ।

    विवादास्पद अडियो प्रकरणले संघीय संसदमा समेत प्रवेश पाइसकेको छ। संसदीय बैंचमा गुप्ताको राजीनामाको माग उठिरहेको बेला प्रधानमन्त्री ओलीले पनि ‘कारबाही प्रक्रिया अघि बढाउने’ संकेत दिएका छन् ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार