काठमाडौं । ललितपुरको सानेपास्थित कालोपुलमा रहेको किराना पसलमा हुन्डी र क्रिप्टो करेन्सी कारोबार गर्दै आएका दुई भारतीय पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य मोतिहारी स्थायी घर भई हाल ललितपुर महानगरपालिका–२ सानेपामा बस्दै आएका ४३ वर्षीय रुपेशकुमार गुप्ता र पूर्वी चम्पारण बिजबानी स्थायी घर भई हाल सोही स्थानमा बस्दै आएका २२ वर्षीय विपीन कुमार रहेका छन् ।
केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले मंगलबार छापा मारी उनीहरूलाई पक्राउ गरेको ब्युरो प्रवक्ता प्रहरी उपरीक्षक युवराज खड्काले बताए ।
सिआइबीको टोलीले गुप्ताले सञ्चालन गर्दै आएको ‘राजतिर्थ ट्रेडर्स’ नामक किराना पसलबाट हुण्डी तथा क्रिप्टोकरेन्सी कारोबार भइरहेको अवस्थामा उनीहरूलाई नियन्त्रणमा लिएको हो । उनीहरूले एक अर्ब ५० करोडभन्दा बढीको हुण्डी तथा क्रिप्टो कारोबार गरिसकेको प्रहरीले जनाएको छ ।
पक्राउको क्रममा प्रहरीले पाँच थान मोबाइल, एक थान सीसीटिभी डीभीआर सेट, नेपाली रुपैयाँ आठ लाख बीस हजार र भारतीय रुपैयाँ दस हजार नगद बरामद गरेको छ ।
साथै, विपीन कुमारबाट संरक्षित वन्यजन्तु कस्तुरीको विना (अखेटोपहार) जस्तो देखिने ७४ ग्राम तौलको वस्तु पनि बरामद गरिएको छ ।
पक्राउ परेका दुवै जनामाथि मुलुकी अपराध संहिता, २०७४ अनुसार अभौतिक मुद्रा प्रयोग गर्न नहुने, हुण्डी कारोबार गर्न नहुने र वन्यजन्तु सम्बन्धी कसूर अन्तर्गत अनुसन्धान भइरहेको ब्युरोले जनाएको छ ।
काठमाडौं । पर्यटक भिषामा नेपाल आइ क्रिश्चियन धर्म प्रचार गरेको आरोपमा ५ अमेरिकीसहित १० जना विदेशी नागरिक पक्राउ परेका छन् । गृहमन्त्री सुधन गुरुङको सचिवालयका...
काठमाडौं। झापामा हवाई फायर गरेर १५० ग्रामभन्दा बढी खैरो हेरोइनसहित दुईजना पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्यूरोका अनुसार झापा गाउँपालिका–१ सालमारास्थित नेपाल–भारत सीमाक्षेत्रबाट १५०.१४०...
काठमाडौँ। प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले देशभरका विभिन्न प्रहरी कार्यालयका प्रमुखहरूलाई समसामयिक विषयमा आवश्यक निर्देशन दिएका छन्। प्रहरी प्रधान कार्यालयका विभागीय प्रमुखहरूको समेत उपस्थितिमा आयोजित भर्चुअल...
काठमाडौँ । लुम्बिनी प्रदेश सभाका सभामुख तुलाराम घर्ती, प्रदेश सभा सचिव दुर्लभ कुमार पुनसहित पाँच जनाविरुद्ध जालसाजी मुद्दा दायर भएको छ । जनता समाजवादी पार्टी...
काठमाडौँ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिरहाको गोलबजार नगरपालिकाका तत्कालीन नगरप्रमुख ९पूर्वमेयर० देवनाथ साह तेलीसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पूर्वमेयर तेली, उपमेयर...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend