Nepal Face
  • शनिबार, १५ कार्तिक २०८३
  • दक्षिण सुडानको चेम्बर अफ कमर्सको ब्यापार प्रतिनिधिमा पाध्या नियुक्त


    शनिबार, असार २१ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दक्षिण सुडान गणराज्यका लागि नेपाल चेम्बर अफ कमर्सको मानार्थ व्यापार प्रतिनिधिको रूपमा इन्फ्रा नेपाल इन्भेस्टमेन्ट कम्पनीका अध्यक्ष रामप्रसाद पाध्या नियुक्त भएका छन् ।

    नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवाल, पूर्व अध्यक्ष राजेशकाजी श्रेष्ठ र दीपक मल्होत्राको उपस्थितिमा उनलाई नियुक्ति दिइएको थियो ।

    सो भूमिकाले नेपाल र दक्षिण सुडानबीचको व्यवसायिक सम्बन्ध अभिबृद्धि गर्न महत्वपूर्ण कोसेढुङ्गा साबित हुने आशा गरिएको छ ।

    सो अवसरमा प्रतिनिधि पाध्याले नेपाल चेम्बर अफ कमर्सप्रति आभार व्यक्त गर्दै नेपाल र दक्षिण सुडानबीच पारस्परिक ब्यापार र ट्रेडका क्षेत्रमा सहजीकरण गर्न आफू लागिपर्ने बताएका थिए ।

    चेम्बर्स एण्ड कमर्सका झण्डै ४ दर्शन देशमा यस्तै प्रतिनिधिहरुले नेपालको प्रतिनिधित्व गरिरहेका छन् । ब्यवसायी पाध्या द्वन्दग्रस्त साउथ सुडानको जुवामा झण्डै २ दशकदेखि ब्यवसाय गर्दै आएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार