Nepal Face
  • शुक्रबार, ७ कार्तिक २०८३
  • सर्वोच्चले ५२ भाइको नियुक्ति सदर गरेसँगै संवैधानिक आयोगमा नियुक्ति हुन दौडेकाहरू हिस्स


    बिहिबार, असार १९ २०८२
    2.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । सर्वोच्च अदालतबाट संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति खारेज हुने भन्दै होटलदेखि क्याफेहरुमा बैठक राखी पद बाँडफाँट गर्नेहरु बुधबार रातिको फैसलाबाट तिलमिलाएका छन् । बुधबार राति सर्वोच्च अदालतले संवैधानिक आयोगका नियुक्तिबिरुद्ध परेको रिट नै खारेज गरेपछि उनीहरुको योजनामा तुषारापात भएको हो ।

    २०७७ पुस र २०७८ बैशाखमा अध्यादेशबाट नियुक्ति भएका संवैधानिक आयोगका पदाधिकारीको नियुक्ति बदर हुने ठोकुवा गर्दै पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठ, विवादास्पद ब्यापारी दीपक भट्ट, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीहरु लागेका थिए । उनीहरुले नियुक्ति बदर भएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निवार्चन आयोग, लोकसेवा आयोगलगायतमा नियुक्तिको सूची नै तयार गरेका चर्चाहरु बाहिर आएका थिए ।

    पूर्वमुख्यसचिव शंकरदास बैरागी, पूर्वगृहसचिव महेश्वर न्यौपाने, पूर्वआईजीपी धिरजप्रताप सिंहहरुलाई ती निकायको प्रमुख बनाउने भन्दै  पटक–पटक बैठकसमेत राखेका समाचार स्रोतहरुबाट आएका थिए । तर सर्वोच्च अदालतले ढिलै भए पनि बुधबार नियुक्ति सदर गरेपछि नियुक्तिका लागि तयार पारेका पात्रहरु खिस्रिक्क परेका छन् ।

    सर्वोच्च अदालतबाट नियुक्ति खारेज गर्ने कुरामा बिचौलिया समूह ढुक्क जस्तै भएर लागेको थियो । तर सर्वोच्च अदालतले उनीहरुको मनोकांक्षा पूरा हुन नदिई नियुक्ति सदर गरिदिएको छ । र, सर्वोच्चको यो आदेशपछि संवैधानिक निकायका पदाधिकारीहरुलाई बाँकी डेढ बर्ष अवधि ढुक्कले काम गर्ने मौका मिलेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार