Nepal Face
  • आइतबार, १० साउन २०८३
  • लाओसबिरुद्ध नेपालको ९-० शानदार जीत, साम्भा एक्लैले गरिन् ५ गोल


    आइतबार, असार १५ २०८२
    1.2K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । नेपालले आफ्नो १००औं अन्तर्राष्ट्रिय खेलमा नेपालले लाओसविरुद्ध ९–० को फराकिलो जित हासिल गरेको छ ।

    आइतबार प्याट्रिक डे वाइल्डको प्रशिक्षणमा एएफसी महिला एसियन कप छनोटको खेलमा नेपालका लागि पहिलो पटक कप्तानको भुमिकामा देखिएकी सावित्रा भण्डारी एक्लैले पाँच गोल गरिन् ।

    यसबाहेक उज्वेकिस्तानको तास्केन्दमा आइतबार साँझ सम्पन्न खेलमा अनिता बस्नेत, सरु लिम्बु, रश्मीकुमारी घिसिङ र अनिता केसीले समान एक गोल गरेका थिए भने पहिलो हाफमा २–० को अग्रता बनाएको नेपालले दोस्रो हाफमा सात गोल गर्यो ।

    नेपालले लाओसविरुद्ध नियमित कप्तान अञ्जिला तुम्बापो सुब्बालाई आराम दिएको थियो । अञ्जिला अनुपस्थित हुँदा आर्मब्याण्ड सावित्राले पाइन भने गोलपोष्ट सुरक्षाको जिम्मेवारी अञ्जना राना मगरलाई दिइएको थियो ।

    ३–२–३–२ को शैलीमा मैदान उत्रिएको नेपाली टिमको पहिलो रोजाइमा नवनियुक्त प्रशिक्षक प्याट्रिकले रक्षापंक्तिमा गीता राना मगरसँगै निशा थोकर र समिक्षा घिमिरेलाई मौका दिएका थिए ।

    यसैगरी डिफेन्सिभ मिडफिल्डमा सरु लिम्बु र सरस्वती हमाल तथा मिडफिल्डको माथिल्लो भागको बीचमा पूर्व कप्तान रेणुका नगरकोटे तथा बायाँ विंग्समा सविता र दायाँ विंग्समा अनितालाई मैदान उतारेका थिए ।

    एएफसी महिला एसियन कप छनोटको समूह एफमा नेपालले बुधबार दोस्रो खेलमा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ भने शनिबार अन्तिम खेलमा घरेलु टोली उज्वेकिस्तानको सामना गर्नेछ ।

    समूहको शीर्ष टोलीले अर्को वर्ष अस्ट्रेलियामा हुने एएफसी महिला एसियन कपमा सहभागिताको मौका पाउनेछ । नेपाल छनोट भएर पहिलो पटक एसियन कप खेल्दै इतिहास रच्ने लक्ष्यसहित उज्वेकिस्तान पुगेको हो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार