Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बजेट विवादले बागमती प्रदेशसभा बैठक १६ गतेसम्मका लागि स्थगित


    बिहिबार, असार १२ २०८२
    710
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । बागमती प्रदेश सभाको बैठक स्थगित भएको छ । आज बिहान ११ बजे बस्ने तय भएको बैठक असार १६ गतेसम्मका लागि स्थगित भएको हो ।

    संसद सचिवालयले सूचना जारी गर्दै ‘विशेष कारण’ बैठक स्थगित गर्नुपरेको जनाएको छ । तर बजेटमा सत्तापक्षकै सांसदको तीव्र विरोधका कारण बैठक सरेको बताइन्छ ।

    कांग्रेसका सांसदहरुले मुख्यमन्त्री बहादुर सिंह लामा र आर्थिक मामिलामन्त्री कुन्दनराज काफ्लेले आफ्नो जिल्लामा मात्रै बजेट खन्याएको भन्दै विरोध गरेका छन् ।

    उनीहरुले बजेटमा बिचौलिया हाबी भएको र बिचौलियाको स्वार्थअनुसार बजेट विनियोजन भएको उनीहआरोपसमेत लगाएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार