Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • इरानको आक्रमणका कारण रद्द भएको दोहाको उडान आज १२ बजे हुने


    मंगलबार, असार १० २०८२
    755
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । इरानले कतारमा आक्रमण गरेपछि सोमबार राति रद्द भएको दोहाको उडान आज मध्याह्न १२ बजेका लागि तोकिएको छ ।

    नेपाल एयरलाइन्सको विमान सोमबार राति ११ बजे दोहा उड्ने तालिका थियो तर त्यहाँ तनाव भएपछि रद्द गरिएको थियो ।

    हाल दोहामा हवाई मार्ग खुलाइएको र अवस्था शान्त बन्दै गएकोले उडान तय गरिएको विमानस्थल स्रोतले जनाएको छ । सोमबार राति विमानमा यात्रुलाई बोर्ड गराउने तयारी भइरहेका बेला आक्रमणको सूचना आएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार