Nepal Face
  • आइतबार, १० साउन २०८३
  • राष्ट्रपति पौडेलसमक्ष अर्जेन्टिनासहित चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत


    सोमबार, असार ९ २०८२
    715
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष नेपालका लागि विभिन्न चार देशका नवनियुक्त राजदूतहरूले आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन्।

    राष्ट्रपति भवन शीतल निवासमा सोमबार आयोजित छुट्टाछुट्टै विशेष समारोहमा उनीहरूले राष्ट्रपति पौडेललाई प्रमाणपत्र पेश गरेका हुन्।

    राष्ट्रपति कार्यालयका अनुसार, ओहोदाको प्रमाणपत्र प्रस्तुत गर्नेमा बंगलादेशका आवासीय राजदूत मोहम्मद शफिकुर रहमान तथा दक्षिण अफ्रिका, एङ्गोला र अर्जेन्टिनाका गैरआवासीय राजदूतहरू रहेका छन्।

    गैरआवासीय राजदूतहरूमा दक्षिण अफ्रिकाका अनिल सुकलाल, एङ्गोलाका क्लेमेन्ट पेड्रो फ्रान्सिस्को कामेन्हा र अर्जेन्टिनाका मारियानो अगस्टिन छन्।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार