Nepal Face
  • आइतबार, १० साउन २०८३
  • बजेट भोलि निर्णयार्थ पेश गरिने, एमालेले लगायो ह्विप


    सोमबार, असार ९ २०८२
    1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ल्याएको बजेट भोलि(मंगलबार) संसदबाट पारित गर्ने तयारी गरेको छ।

    बजेटमाथिको सामान्य र मन्त्रालयगत छलफल सकेर अहिले मन्त्रीहरूले जवाफ दिने क्रम चलिरहेको छ। असार १० गतेको बैठकमा विनियोजन विधेयक निर्णयार्थ पेश गर्ने तयारी रहेको संघीय संसद सचिवालयले जनाएको छ।

    यद्यपी बजेटबारे सत्तापक्षकै सांसदहरू सन्तुष्ट छैनन्। यसैबीच, सत्तारुढ नेकपा एमालेले आफ्ना सांसदलाई ह्विप लगाएको छ। संसदीय दलका मुख्य सचेतक महेशकुमार बर्तौलाले मंगलबारको बैठकमा अनिवार्य उपस्थित हुन र विनियोजन विधेयकका पक्षमा मतदान गर्न निर्देशन दिएका हुन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार