Nepal Face
  • आइतबार, १० साउन २०८३
  • इजरायलबाट फर्कन ८ सय ८५ जना नेपालीले नाम टिपाएका छन्: परराष्ट्रमन्त्री राणा


    सोमबार, असार ९ २०८२
    940
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणा देउवाले इजरायलबाट नेपाल फर्कन ८ सय ८५ जनाले नाम टिपाएको जानकारी दिएकी छिन् ।

    प्रतिनिधिसभाको आज (सोमबार)को बैठकमा बोल्दै मन्त्री राणाले सरकारले इजरायल–इरानबीच युद्धका कारण नेपाल फर्कन चाहने नेपालीलाई अनलाइन पोर्टलमार्फत विवरण लिने काम गरिरहेको बताइन् ।

    इजरायल–इरानबीच उत्पन्न द्वन्द्वका कारण सो क्षेत्र तथा अन्य प्रभावित मुलुकहरूमा रहेका नेपाली नागरिकहरूको सुरक्षालाई सरकारले प्राथमिकतामा राखेको उनको भनाइ थियो ।

    जुन १७ बाट अनलाइन पोर्टल खोलेर नेपाली नागरिकहरुको विवरण लिन सुरु गरेका छौँ । र उक्त पोर्टलमा हालसम्म ८ सय ८५ जनाले दर्ता गर्नुभएको छ,’ परराष्ट्रमन्त्री राणाले भनिन् ।

    सरकारले युद्ध सुरु भएदेखि नै एड्भाइजरी मार्फत इजरायल तथा इरानमा रहेका नेपाली नागरिकलाई विशेष सुरक्षा सतर्कता अपनाउन आग्रह गर्दै आएको मन्त्री राणाको भनाइ छ ।

    इरानको हिरासतमा रहेका ५ नेपालीलाई पनि फिर्ता ल्याउन कूटनीतिक पहल सम्बन्धित मुलुकहरूमा कार्यरत नेपाली राजदूतहरूसँग निरन्तर सम्पर्कमा रहेर सुरक्षा अवस्था बुझ्ने प्रयास भइरहेको पनि उनले बताइन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार