काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेले भैरहवा कारागारबाट अपिल जारी गर्दै संविधान पुनर्लेखनको नयाँ एजेन्डा अघि सारेका छन् । यो संविधान भ्रष्टहरूको आर्थिक र सामाजिक अपराधको टेको बनेको उनको निष्कर्ष रहेको छ ।
उनको अपिलमा भनिएको छ, ‘म रहुँला नरहुँला, तर मेरा केही संकल्प छन् । भ्रष्टहरूको आर्थिक र राजनीतिक अपराधको टेको बनेको वर्तमान संविधान अब संशोधन होइन, पुनर्लेखन हुनुपर्छ ।’
रास्वपाले अहिलेसम्म संविधान सुधार वा परिमार्जनको कुरा गर्दै आए पनि पुनर्लेखन भनेको छैन । पार्टीका आधिकारिक दस्ताबेजहरूमा पनि संविधान पुनर्लेखन शब्द कतै प्रयोग भएको पाइँदैन । तर, सभापतिबाटै आएपछि पार्टीले यसलाई अपनत्व लिने भएको छ ।
राप्रपाका महामन्त्री कवीन्द्र बुर्लाकोटीले संविधान संशोधनले मात्रै सबै विषयवस्तु सम्बोधन नहुन सक्ने भएकाले सभापतिबाट पुनर्लेखनको एजेन्डा प्रस्तुत भएको बताए ।
उनले भने, ‘संविधान संशोधनले मात्रै हुने स्थिति नदेखिएकाले एक स्टेप माथि नै जानुपर्छ भन्ने हो । हामीले परिमार्जनको कुरा राख्दै आएका छौँ । तर, अब सभापतिज्यूबाट पुनर्लेखनमै जानुपर्ने हुनसक्छ भन्ने आशय प्रस्तुत भइसकेपछि यो पार्टीको छलफलको विषयवस्तु बन्छ । संविधान पुनर्लेखनको एजेन्डालाई रास्वपाले अपनत्व लिन्छ ।’
लामिछानेको अपिलमा संविधान पुनर्लेखनका लागि केही विषयवस्तुहरू पनि अघि सारिएको छ ।
उनले भनेका छन्, ‘सबै उच्च पदस्थको सम्पत्ति छानबिन हुनुपर्छ । २०४६ सालयताका सबै क्याबिनेटका निर्णयको पनि छानबिन हुनुपर्छ । संसदीय अस्थिरताबाट देशलाई मुक्त गर्न प्रत्यक्ष निर्वाचित कार्यकारीमा जानुपर्छ । प्रदेशसभा खारेज गरी हारेका नेता र आफन्त होइन, विद्वानहरूको सभा बनाउनुपर्छ । नेताहरूले खेलौना र भर्ती केन्द्र बनाएका सबै संवैधानिक अंगहरूको एकसाथ पुनर्संरचना गर्नुपर्छ ।
विश्वविद्यालयहरूबाट यिनको पार्टीको ब्यानर र होर्डिङ बोर्ड हुर्याउनुपर्छ । दलैपिच्छेका भ्रातृ संगठनलाई पूर्णरूपमा खारेज गर्नुपर्छ । राजनीति सफा गरेर र दोस्रो चरणको आर्थिक सुधारको कार्यक्रम ल्याएर युवा रोजगारी, लगानी र उद्यमशीलतामा फड्को मार्नुपर्छ । त्यसका लागि सडक भने सडकबाट, मतपत्र भने मतपत्रबाट शान्तिपूर्ण क्रान्तिका लागि देश तयार हुनुपर्छ ।’
महामन्त्री बुर्लाकोटी संविधानले अंगिकार गरेको लोकतान्त्रिक गणतन्त्रको स्पिरिट सही भए पनि यसभित्रका थुप्रै अन्तरवस्तुहरूमा बहस आवश्यक रहेको बताए । कतिपय विषयमा पार्टीले पनि पोजिसन बनाउन बाँकी रहेको उनको भनाइ छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend