Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • संसद बैठक सुरु हुनेबित्तिकै बाहिरिए रास्वपा सांसद


    सोमबार, असार ९ २०८२
    960
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुले सोमबारको प्रतिनिधिसभाको बैठक सुरुमै बहिस्कार गरेका छन्।

    यसअघि सत्ता पक्षका सांसद बोल्दा मात्रै बैठकबाट बाहिरिने गरेका रास्वपा सांसद आज पनि सभामुखले बैठक सुरु गरे लगत्तै आफ्नो भनाइ राखेर बाहिरिएका हुन्।

    रास्वपा सांसद शिव नेपालीले भिजिट भिसामार्फत भएको मानव तस्करीको छानबिन नगरेसम्म संसद्‍मा आफूहरुको विरोध जारी रहने भन्दै बैठक बहिस्कार गर्ने जानकारी दिए।

    भिजिट भिसा प्रकरणमा मुछिएका गृहमन्त्री रमेश लेखकको राजीनामाको माग गर्दै रास्वपाले जेठ १३ गतेदेखि निरन्तर संसद् अवरोध र बहिस्कार गरिरहेको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार