Nepal Face
  • आइतबार, १० साउन २०८३
  • सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँ आइपुगेका बोहराले भेटे प्रचण्ड


    सोमबार, असार ९ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । सुर्खेतबाट खाली खुट्टा हिँडेर काठमाडौँ आइपुगेका अभियानकर्मी नवराज बोहराले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग भेट गरेका छन् ।

    सुर्खेतदेखि एक महिनाको लामो पैदल यात्रा गरी आइपुगेका बोहोराले आज बिहान प्रचण्डसँग भेट गरेका हुन् । वातावरण संरक्षण, कर्णालीको समग्र विकास, अनियमितता तथा भ्रष्टाचारविरुद्ध खबरदारी गर्दै सुशासन कायम गर्ने एजेन्डा लिएर बोहोरा काठमाडौँ आएका हुन् ।

    भेटमा अध्यक्ष ‘प्रचण्ड’ले बोहोराको अभियान माओवादी केन्द्रको अभियानसँग मेल खाने उल्लेख गर्दै, आफू सरकारले रहँदा कर्णालीको समृद्धिका लागि गरेका पहलहरूले त्यसको प्रमाण भएको बताए । बोहोराको अभियानलाई साथ दिने प्रतिबद्धता व्यक्त गर्दै ‘प्रचण्ड’ले अभियान जारी राख्न आग्रह गरे।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार