काठमाडौं । तामाकोसीमाथिको मोटरेबल पुल फेरि भाँचिएको छ। रामेछापको मन्थली नगरपालिका -६ र ७ जोड्ने तामाकोसी नदीमाथि बनिरहेको पुलको एउटा स्पान भाँचिएको हो।
उक्त पुल गत वैशाखमा पनि भाँचिएको थियो। पुल कालिका–कल्पवृक्ष जेभीले निर्माण गरिरहेको छ। आइतबार बिहान रामेछापका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीसहितको टोली अनुगमनमा पुग्दा पुलको स्ल्याब खसेको पाइएको बताए।
उनले केही दिनअघि आफू त्यहाँ जाँदा निर्माण कम्पनीको मान्छे भेटेको र उनीहरूले मंसिरसम्म म्याद भएकोले त्योभन्दा अघि हस्तान्तरण गर्ने बताएको सुनाए।
उनले थपे, ‘केहीदिनअघि चाहिँ निर्माण कम्पनीका प्रतिनिधिसँग भेट भएको थियो। उनीहरूले मंसिरसम्म म्याद छ। त्योअघि नै काम सकेर हस्तान्तरण गर्ने हो भन्थे। अब त झन पुल नै भाँचियो।’
यो पुल निर्माण सम्पन्न गर्ने म्याद २०८२ साल भदौ मसान्तसम्म छ । डिजाइन एन्ड विल्ड प्रकृतिको यो पुलको लम्बाइ २३० मिटर र चौडाइ ११ मिटर छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend