एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि थप आक्रमण गर्ने चेतावनी दिएका छन् । इरानका तीन आणविकस्थलमा आक्रमण गरेपश्चात् राष्ट्रका नाममा सम्बोधन गर्दै राष्ट्रपति ट्रम्पले इरानले अब शान्तिको बाटो अपनाउनुपर्ने र यदि उनीहरूले त्यसो नगरे भोलिका दिनमा अझै ठूलो आक्रमण गर्ने चेतावनी दिएका हुन् ।
उनले भने, ‘अब इरानले शान्तिको बाटो अपनाउनुपर्छ । यदि, उनीहरूले त्यसो गरेनन् भने भविष्यमा हुने आक्रमण अझ ठूला र सजिला हुनेछन् ।’ इरानलाई थप चेतावनी दिँदै उनले भने, ‘ब कि शान्ति आउनेछ कि इरानका निम्ति यस्तो त्रासदी आउनेछ, त्यो पछिल्ला आठ दिनमा देखिएका घटनाभन्दा धेरै ठूलो हुनेछ ।’
उनले गएराति भएको आक्रमणस्थल पूर्णरुपमा सफल भएको दाबी गरेका छन् । उनले भने, ‘म विश्वलाई के भन्न चाहन्छु भने आज रातको आक्रमण पूर्ण रूपमा सफल भएको छ ।’ साथै ट्रम्पले सम्बोधनमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहू र इजरायली सेनालाई धन्यवाद दिएको बीबीसीले जनाएको छ ।
काठमाडौं। प्रधानमन्त्री वालेन्द्र शाहले संविधान जतिसुकै राम्रो भए पनि त्यसलाई कार्यान्वयन गर्ने र चलाउने नेतृत्व ९हात० असल हुनुपर्ने बताएका छन्। १२औँ संविधान दिवस (२०८३)को अवसरमा...
धनुषा । धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–२ ९साविक रमदैया भवाडी गा.वि.स. वडा नं १,५ र ९० का २४२ परिवारले नापजाँच सम्पन्न भएको करिब ९ वर्षपछि जग्गाधनी...
काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले संविधान कुनै देशको अक्षरहरूको संगालो मात्रै नभई राज्य र नागरिकबीचको पवित्र करार भएको बताएका छन्। संविधान दिवसका...
काठमाडौं । सशस्त्र प्रहरी बल, पश्चिम नवलपरासीको टोलीले ८० लाख रुपैयाँ भन्दा बढीको मोबाइल पार्टर्स बरामद गरेको छ । सशस्त्र प्रहरी बल, नेपाल सुरक्षा बेश...
काठमाडौं । स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा थप प्रभावकारी बनाउन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐनलाई संशोधन गर्न...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend