Nepal Face
  • शनिबार, ३ असोज २०८३
  • प्रधानमन्त्रीको प्रश्नोत्तरमा रास्वपाको अवरोध कायम रहने


    शुक्रबार, असार ६ २०८२
    925
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रधानमन्त्रीको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा पनि अवरोध कायम राख्ने भएको छ।

    सभामुख देवराज घिमिरेले रास्वपालाई प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रममा अवरोध वा होहल्ला नगर्न आग्रह गरेका थिए। तर, रास्वपाले आफ्नो अवरोध जारी राख्ने अडान दोहोर्‍याएको छ।

    शुक्रबार बिहान संसद् भवन, नयाँ बानेश्वरस्थित कार्यकक्षमा रास्वपाका प्रमुख सचेतक सन्तोष परियारलाई बोलाएर सभामुखले उक्त कार्यक्रम प्रभावित नहोस् भनी आग्रह गरेका थिए। उनले प्रधानमन्त्री बोलिरहँदा वेलमा होहल्ला गर्नु शोभनीय नहुने भन्दै विरोधको स्वरूप परिवर्तन गर्न सुझाएका थिए।

    जवाफमा परियारले रास्वपाको विरोध निरन्तर रहने स्पष्ट पारे। शुक्रबार बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभा बैठक अझै सुरु हुन सकेको छैन।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार