Nepal Face
  • आइतबार, १० साउन २०८३
  • आज दुई वटा संसदीय समितिको बैठक बस्दै


    शुक्रबार, असार ६ २०८२
    845
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ। संघीय संसदको प्रतिनिधि सभा अन्तर्गत रहेका आर्थिक मामिला उपसमिति र विधायन व्यवस्थापन समितिको बैठक आज बस्दैछ ।

    आर्थिक मामिला उपसमितिको बैठक बिहान ११ बजे बस्ने छ । बैठकमा मिति २०८२/०२/१५ गतेको बजेट वक्तव्यबाट सुनचाँदी तथा बहुमूल्य पत्थरको कारोबारमा लगाइएको करका कारण आन्दोलनरत व्यवसायीहरूसँग छलफल गरिने कार्यसूची रहेको छ ।

    यस्तै, बिहान ९ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठक केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० माथि दफावार छलफल गरिने कार्यसूची रहेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार