Nepal Face
  • आइतबार, १० साउन २०८३
  • ग्वार्को ‘ओभरपास’ आजबाट संचालन हुने, प्रधानमन्त्री ओलीले उदघाटन गर्ने


    शुक्रबार, असार ६ २०८२
    895
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । ललितपुरको ग्वार्को चोकमा बनेको ‘ओभरपास’ आज प्रधानमन्त्री केपी शर्मा ओलीले उदघाटन गर्दैछन् । प्रधानमन्त्री ओलीले उदघाटन गरेपछि आजबाट ग्वार्को ओभरपास सञ्चालन हुनेछ ।

    काठमाडौं उपत्यकाकै ब्यस्त र बढी जाम हुने ग्वार्कोचोकको ओभरपास निर्माणपति सो क्षेत्रको सवारी आवागमन सहज हुने अपेक्षा गरिएको छ । आजै ओभरपासबाट सवारीसाधन सञ्चालन गरिने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जानकारी दिएको छ । कोटेश्वरदेखि कलंकीसम्म जाम हुने तीन क्षेत्रमध्ये ग्वार्को चोकमा पहिलो ओभरपास निर्माण भएको छ ।

    ६ मिटर उचाइ र ४ सय ५५ मिटरको लम्बाइ हुने ओभरपासमा ग्राउन्ड क्लियरेन्स ६ मिटर तथा सवारीसाधन चढ्नका लागि १ सय ८० मिटर दायाँतर्फ र १ सय १० मिटर बायाँतर्फ र्याम्प निर्माण गरिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार