काठमाडौ । विश्व सम्पदा सूचीमा सूचीकृत क्षेत्रमा पटक–पटक विवाद र राजनीतिकरणले गाँजिएको छ ।
बौद्ध स्तूप परिसरमा रहेका दुई संस्था बौद्ध तथा मेलम्ची घ्याङ गुठी र बौद्ध क्षेत्र विकास समितिबीच समय(समयमा कार्यगत असहमति हुँदै आएको छ । छुट्टाछुट्टै कार्यविधि सहित जिम्मेवारी प्राप्त दुई संस्थाबीच एकअर्कामा क्षेत्राधिकार मिचिएर काम गरेको आरोप प्रत्यारोप हुँदै आइरहेको छ ।
यसैबीच गत असार ३० गते घ्याङगुठीको अधिनमा रहेको शौचालय भत्किएको बिषयमा दुबै संस्थाबीच विवाद चर्र्किएको छ । घ्याँ गुठीका चिनियाँ लामा भूपतिबज्र लामाको समूहले बौद्ध क्षेत्र विकास समितिका अध्यक्ष राजकुमार लामाको निर्देशनमा कुमार तामाङले गुठी पदाधिकारी तथा कर्मचारीलाई समेत जानकारी नदिई शौचायलय भत्काएको आरोप लगाएको छ । र, बौद्ध महानगरीय प्रहरी वृत्तमा उजुरी दिएको छ ।
उजुरीमा गुरू ल्हाखाङ गुम्बाको जगलाई समेत असर पु¥याउने गरी क्षेत्र विकासको तर्फबाट अध्यक्ष राजकुमार लामाको एकल निर्देशनमा कुमार तामाङको टोलीले घ्याङ गुठी अन्तर्गत रहेको शौचालय भत्काइएको र उनी विरूद्ध पक्राउ गरी आवश्यक छानविन तथा कारवाहीको माग राख्दै गत असार १ गते श्री बौद्ध तथा मेलम्ची घ्याङ गुठीले उजुरी दर्ता गरेको हो । उक्त उजुरी उपर कारवाही प्रक्रियालाई अगाडि बढाउन प्रहरी निरीक्षक सुजनलाई खटाइएको छ ।
विश्व सम्पदा सूचीमा सूचिकृत महाचैत्य तथा ल्हाखाङ गुम्बाको व्यवस्थापन, संरक्षण तथा क्षेत्राधिकर प्राप्त श्री बौद्धनाथ क्षेत्र विकास समितिको हो । बौद्ध स्तुपाको निर्माणदेखि पूजापाठ सर्बै काम गर्ने क्षेत्राधिकार प्राप्त निकाय बौद्ध विकास समिति नै हो । तर कानुनमै नभएको घ्याङगुठीका चिनियाँ लामाको अति हस्तक्षेपले गर्दा बेलाबेलामा बौद्ध स्तुपामा विवाद हुँदैआएको छ । गुठी संस्थानबाट आर्थिक लेनदेनका आधारमा चिनियाँ लामाको नियुक्ति लिएर आएका भूपतिबजूले यसअघि समितिसँग समन्वय नै नगरी बौद्ध स्तुपामा अनधिकृत ड्रिल गर्दा पनि ठूलो विवाद भएको थियो ।
विशुद्ध धार्मिक स्थलभित्र घ्याङ गुठीका भूपतिबज्रको व्यक्तिवादी सोच, चिन्तन र हस्तक्षेपकारी भूमिका ले गर्दा नै बौद्धमा बेलाबखत विवाद हुने गरेको छ ।
क्षेत्र विकास समितिले संरचना निर्माण तथा मर्मत सम्भार गर्दै बौद्ध स्तूप परिसरलाई शान्ति सुव्यवस्था मिलाउनेतिर लागे पनि भूपतिबज्रले त्यसमा बाधा पुर्याउँदैआएका छन् ।
बौद्ध क्षेत्र विकास समिति गठनपछि घ्याङगुठी राख्नै नहुने भए पनि यो कानुनबिपरीतको संस्था गुठी संस्थानले कायम राखी चिनियाँ लामा नियुक्तिमा चलखेल गर्दैआएको छ । करोडौंको चलखेलमा भूपतिबज्र लामा चिनियाँ लामा नियुक्ति हुँदैआएका छन् । र, नागरिकता सच्याउनेदेखि पासपोर्टमा औतारी लामा समेत लेखेका भूपतिबज्रले चिनियाँ लामाको आवरणमा मंगोलियादेखि हङकङ जस्ता देशमा चन्दा उठाउने गरेको आरोप छ ।
काठमाडौं । प्रधानमन्त्री बालेन शाहले आफ्नो सचिवालयको टिममा रहेका माधव खनाललाई जिम्मेवारीबाट हटाएका छन् । डेढ महिनाअघिको पासपोर्ट प्रकरण, त्यसपछि उनको भूमिका तथा अन्य वैयक्तिक...
काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायअन्तर्गत एमबीएस प्रथम सत्रको परीषाको प्रश्नपत्र सार्वजनिक गर्ने घटनामा संलग्न दोषीलाई कानुनी कारबाही गरिने...
काठमाडौँ । सशस्त्र प्रहरी बलको कीर्तिपुरस्थित विद्यालयमा भएको करिब ११ करोड रुपैयाँ हिनामिना प्रकरणमा पक्राउ परेकी इन्सपेक्टर कल्पना गुरुङ र उनका साथी लीलाबहादुर लामाविरुद्ध...
बुटवल । लुम्बिनी प्रदेश सरकारमा रहेका नेपाली कांग्रेसका मन्त्रीहरूले आफ्नो संसदीय दलमा सामूहिक राजीनामा दिएका छन् । सरकारमा सामेल भएका पाचै जना मन्त्रीहरूले कांग्रेस संसदीय...
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय, व्यवस्थापन संकायअन्तर्गत स्नातकोत्तर तह प्रथम सत्रको प्रश्न पत्र सामाजिक सञ्जालमा बाहिरिएको घटनाबारे सत्य तथ्य पत्ता लगाउन छानबिन समिति गठन गरिएको...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend