Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • मोबाइल चार्ज गर्दा करेन्ट लागेर गर्भवती महिलाको मृत्यु


    बिहिबार, असार ५ २०८२
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • रौतहट । रौतहट स्थित राजपुर नगरपालिका(३ डमार पोखरीया गाउँका मोबाईल चार्ज गर्ने क्रममा विद्युतिय करेन्ट लागेर एकजना गर्भवती महिलाको मृत्यु भएको छ।

    राजपुर नगरपालिका-३ डमार पोखरीया गाउँका शेख सफुलाको श्रीमती बर्ष ३५ की गुलनाज खातुन रहेको जिल्ला प्रहरी प्रवक्ता डिएस्पी दीपक कुमार रायले बताएका छन्।

    घटना बिवरण अनुसार बुधबार दिउसो साढे ३ बजेको आफ्नै घरमा मोबाइल चार्जमा लगाउन जाँदा खातुन लाई विद्युतिय करेन्ट लागेको थियो।

    करेन्ट लागेर गम्भीर घाइते भएकी खातुनलाई प्रादेशिक अस्पताल गौरमा उपचारको लागि लैजाँदा साँझ ५ बजे डाक्टरले मृत घोषणा गरेको प्रहरीले जनाएको छ। मृत्क खातुनको गर्भवती रहेको प्रदेशिक अस्पताल गौरका मेसु डाक्टर मुरारी ठाकुरले बताएका छन्।

    मृतकको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको तथा घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार