Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • प्रमुख तीन दलका शीर्ष नेताको बैठक आज बस्दै


    बिहिबार, असार ५ २०८२
    965
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । समसामयिक राजनीतिक विषयमा छलफल गर्न नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीसहित प्रमुख तीन दलका शीर्ष नेताको बैठक बस्दैछ।

    बैठक प्रधानमन्त्री तथा मन्त्रिरिषद्को कार्यालय, सिंहदरबारमा आज दिउँसो २ः०० बजे बस्ने ओलीका स्वकीय सचिवालयका सदस्य दीपेन्द्र दाहालले दिए।

    बैठकमा नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ लगायत नेता सहभागी हुने जनाइएको छ।

    यसअघि बुधबारका लागि तय भएको बैठक माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड काठमाडौँ बाहिर रहेकाले बिहीबारका लागि सारिएको हो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार