Nepal Face
  • शनिबार, ९ साउन २०८३
  • उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक सम्पन्न


    बुधबार, असार ४ २०८२
    910
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज उच्चस्तरीय सुशासन आयोगको पहिलो बैठक आज सम्पन्न भएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरवारमा भएको बैठकमा आयोग गठनको उद्देश्य, कार्यक्षेत्र निर्धारण र प्राथमिकताका कार्यसूचीबारे परिचयात्मक छलफल भएको छ ।

    आयोगमा राजनीतिक दल, विज्ञ र निजी क्षेत्रका प्रतिनिधिको मनोनयन चाँडै गरी अर्को साता दोस्रो पूर्ण बैठक बस्ने तय भएको छ ।

    गत वैशाख ८ गतेको मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री ओलीको अध्यक्षतामा सो १५ सदस्यीय आयोग गठन गरेको थियो ।

    आयोगमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री रमेश लेखक, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजय चौरसिया, सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री राजकुमार गुप्तालगायत सहभागी थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार