असार। बारास्थित जंगलमा मंगलवार बाख्रा चराउन गएका एकजना गोठालालाई बाघले आक्रमण गर्दा ज्यान गएको छ ।
मकवानपुर मनहरी गाउँघर भई हाल बारा जितपुरसिमरा उपमहा नगरपालिका २१ अमलेखगंज बस्ने बिर बहादुर थिङको बाख्रा चराउन गएका स्थानिय चन्द्र बहादुर भुलनको बाघको आक्रमणबाट ज्यान गएको हो ।
बाख्रा चराउने कामदारको रुपमा काम गर्दै आएको ५५ वर्षिय चन्द्र बहादुर भुलन सोही ठाउँका चकरी जङ्गलमा ३०/४० वटा बाख्रा लिएर चराउन गएकोमा घर फर्किएर नआएपछि आफन्तहरुले प्रहरी लाई मंगलवार साँझ खबर गरेका थिए ।
खबर पछि ईलाका अम्लेखगंज सहितको टोली र स्थानीय मानिस खोजतलास गर्दा आज बिहान साढे ७ बजे दक्षिणकाली सामुदायिक बनको खोल्सामा बाघले खाएको जस्तो अवस्थामा भुलनको शरीर मृत फेला परेको र २७ वटा मात्र जिउदो बाख्रा फेला परेको बारा प्रहरीको सूचनामा उल्लेख गरिएको छ ।
मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाइएको तथा घटना बारे अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता डिएसपी विजयराज पण्डितले जानकारी दिए ।
काठमाडौँ । तिहारको भाइटीकाका दिन सार्वजनिक यातायातका साधन कम सञ्चालन हुँदा आवतजावतमा पर्न सक्ने समस्या कम गर्न सशस्त्र प्रहरी बल, नेपालले काठमाडौँ उपत्यकामा निस्शुल्क...
काठमाडौँ । यमपञ्चक अर्थात् तिहारको अन्तिम दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गरी भाइटिका पर्व मनाउँदै छन् । प्रत्येक वर्ष कात्तिक शुक्ल द्वितीयाका दिन मनाइने...
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापा छठ पर्व मनाउन सर्लाही जाने भएका छन् । उनी छठ पर्वमा गत निर्वाचनमा प्रतिस्पर्धा गरेको क्षेत्र सर्लाही–४ जाने...
काठमाडौँ। मकवानपुरको हेटौंडा उपमहानगरपालिका–८ ओमनगरमा एक प्रहरी सहायक हवलदार मृत फेला परेका छन्। गोरखाको आरुघाट गाउँपालिका–३ पोखरीटोल घर भई लमजुङस्थित इलाका प्रहरी कार्यालय भोटेओडारमा कार्यरत...
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाल संवत् ११४७ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गरेका छन्...
आकर्षक मिडिया प्रा. लि.
अनामनगर मच्छिगल्ली, काठमाडौं
सुचना तथा प्रसारण विभाग
१७८०/०७६-७७
ईमेल: nepalface21@gmail.com
सम्पर्क नम्बर : ०१-४१०२६८२
अध्यक्ष
माधव प्रसाद पौडेल
सम्पादक
राजुप्रसाद तिमल्सिना
© 2026 All right reserved to nepalface.com | Site By : SobizTrend