Nepal Face
  • बुधबार, २६ कार्तिक २०८३
  • कारागारमा कैदीबन्दीको मृत्युपछि डडेलधुरा बजार तनावग्रस्त


    बुधबार, असार ४ २०८२
    1.1K
    Shares
    नेपाल फेस
  • २ मिनेट पाठ
  • काठमाडौं । कैलाली जिल्ला कारागारको थुनामा रहेका डडेलधुराका कैदीको मृत्यु भएपछि डडेलधुरा बजारमा तनाव उत्पन्न भएको छ।

    मृत्यु प्रकरणको निष्पक्ष छानबिनको माग गर्दै उद्योग वाणिज्य संघ डडेलधुराको नेतृत्वमा बजार बन्दसहित आन्दोलन सुरु भएको छ।
    बैंकिङ कसुरमा कैद सजाय भोगिरहेका २८ वर्षीय हरिश सिंह पालीको सेती अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

    बैंकिङ कसुरमा दोषी ठहर भई कारागारमा कैद सजाय भोगिरहेका पाली असार २ गते बिहान अचानक बिरामी परेपछि उपचारका लागि अस्पताल लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको कैलालीका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता राजकुमार सिंहले जानकारी दिए।

    प्रहरीका अनुसार पालीलाई बिहान ११ बजे अस्पताल भर्ना गरिएको थियो। मृतकको शव अहिले अस्पतालकै शव गृहमा राखिएको छ भने घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उता, पालीको मृत्युप्रति असन्तुष्टि जनाउँदै डडेलधुरा बजारमा मंगलबार बिहानैदेखि यातायात, व्यापार र अन्य सम्पूर्ण सेवा बन्द गरिएको छ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार