Nepal Face
  • आइतबार, १० साउन २०८३
  • विनयी खोलाको डाइभर्सन फेरि बगायो, पूर्व-पश्चिम राजमार्ग अवरुद्ध


    बुधबार, असार ४ २०८२
    795
    Shares
    नेपाल फेस
  • १ मिनेट पाठ
  • काठमाडौं । दुम्किवासको विनयी खोलाको डाईभर्सन पुनः बाढीले बगाउँदा पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन अवरुद्ध भएको छ ।

    गएरातिदेखि परेको अविरल वर्षाका कारण नवलपरासीको बर्दघाट सुस्ता पूर्वको विनयी त्रिवेणी गाउँपालिका–१ स्थित विनयी खोलामा बाढी आएपछि बुधबार दिउँसो बनाएको अस्थायी डाइभर्सन पुनः बगाउँदा सवारी आवागमन बन्द भएको हो ।

    उक्त स्थानमा डिभिजन प्रमुखको निर्देशनमा इन्जिनियरसहितको टोलीले छिटोभन्दा छिटो सवारी आवागमन खुलाउने प्रयास गरिरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

    ‘पानीको सतह कम भए अबको ४ देखि ५ घण्टाभित्र सवारी आवागमन सुचारू गरिने सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ ।

    सोमबार साँझबाट मात्रै उक्त स्थानमा एकतर्फी सडक सञ्चालनमा आएको थियो । तर, पुनः बाढी आएर डाइभर्सन बगाएपछि सवारी आवागमन ठप्प भएको हो ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा समाचार